१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

बिस्तारै खुल्न थाले भक्तपुरका शैक्षिक संस्था

कोभिडसँंग बन्द भएका भक्तपुरका स्कुल कलेजहरु बिस्तारै खुल्न थालेका छन्। चैत ११ गते लकडाउन घोषणा भएसँंगै बन्द भएका यहाँंका स्कुल कलेजहरु खुल्ने क्रम धमाधम बढ्न थालेका छन्। विशेष गरी निजी तथा आवासीय विद्यालयहरु खुल्ने क्रम बढ्दो छ। सरकारी स्कुलहरु भने खुलाएको त्यति देखिएका छैनन्।  

खोलिएका स्कुलहरुमा पूरै पढाई भने गरिरहेका छैनन्। प्रायः जसो स्कुल कलेजहरुले आधा समय मात्रै खोलेर पढाई सुरु गरेका हुन्। बिहान १० बजेदेखि दिउँंसो १ बजेसम्म स्कुल कलेज खोली उनीहरुले पढाई सुरु गरेको देखिएका छन्।  

स्कुल कलेज खुला गरेर पढाई नै थाले पनि आफूहरुले स्कुल कलेज खोलेको जानकारी दिन सवैजसो सञ्चालकहरु आनाकानी गर्दछन्। ‘स्कुल त खोलेको हो, तर हाम्रो मेरो नाम र स्कुलको नाम पनि नराख्नुहोला है’, भक्तपुरको कमलविनायस्थित एक स्कुलका प्रिन्सिपलले नागरिसँंग आग्रह गरे।  

स्कुल सञ्चालन गर्दा उनीहरुले सवै विद्यार्थीलाई मास्क अनिवार्य गरेका छन्। साथै एउटा बेन्चमा एकजना मात्रै विद्यार्थी राखेर पढाएका छन्।  

विशेष गरेर ससाना स्कुलहरु बढी खोलिएका देखिन्छन्। अत्याधिक बढी विद्यार्थी भएका स्कुल कलेजहरु भने खोलिएका छैनन्। आफ्ना विद्यार्थी अरु स्कुलहरुमा जालान् भन्ने डरले उनीहरुले स्कुल कलेजहरु खोलेको देखिन्छ। साथै विद्यार्थीको फि (शुल्क) तिराउन अभिभावकलाई नैतिक दवाव दिन लगाउने उद्देश्यले पनि उनीहरुले स्कुल कलेज खुलाएको देखिएको छ।  

अर्काे एकजना स्कुलका प्रिन्सिपलले नाम उल्लेख नगर्ने शर्तमा नागरिकसँंग भने, अनलाइन क्लासलाई त क्लास नै मानेका छैनन् अभिभावकले। त्यसको आधारमा अभिभावकहरु आफ्ना नानीहरुको पढाई फि स्कुललाई तिर्न राजी भइरहेका छैनन्। त्यसकारण पनि शुल्क तिर्न लगाउन पनि स्कुल कलेज खोलेजसो गरिरहेका छन् धेरै स्कुल कलेज सञ्चालकहरुले।’ अनलाइन कक्षा पढाई प्रभावकारी नभएकाले अभिभावकहरु शुल्क तिर्न राजी नभएको उनको बुझाई छ। यसकारणले पनि स्कुल कलेज खुलेजस्तो गर्न धेरै साना स्कुल कलेज सञ्चालकहरु बाध्य भएको उनको बुझाई छ।

प्रकाशित: ९ मंसिर २०७७ ११:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App