१८ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

सबै प्रकारका परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति

सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ। यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी स्वास्थ्य मापदण्ड पूरा पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थालाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको हो।  

बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यावसायिक तालीम प्रदायक संस्थालाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको व्यावसायिक तालिम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७५ संशोधन गर्ने तथा मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयबाट स्थगन भएको राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तिसम्बन्धी प्रक्रियालाई सञ्चालन गर्ने स्वीकृति दिने निर्णय गरेको छ।रासस

प्रकाशित: २१ आश्विन २०७७ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App