१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

ओलम्पियाड बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

स्टेम फाउन्डेसन नेपालले विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने उद्देश्यले ओलम्पियाडको आयोगना गर्ने भएको छ। देशव्यापी सातै प्रदेशमा अन्तर्राष्ट्रिय ओलम्पियाड बारे सेमिनारहरु सम्पन्न गरी ग्लोबल कन्फरेन्सको आयोजना गर्न लागेको हो।

फाउन्डेसनले जारी गरेको विज्ञप्तीमा ग्लोबल सम्मेलनमा अन्तर्राष्ट्रिय ओलम्पियाडहरु गणित, वायोलोजी, केमिस्ट्री, जुनियर साईन्स, जुनियर म्याथ, रोबोटिक्स लगायतबाट त्यसै संस्थाका अन्तर्राष्ट्रिय अध्यक्षहरुले प्रस्तुती दिने जनाएको छ।  

अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेताहरुले समेत प्रस्तुती दिनेछन् भने नेपालका तर्फबाट विद्यालय, कलेजका छाता संगठनहरु प्याब्सन, एन प्याब्सन एवं हिसानका प्रमुखहरु साथै अन्य विशिष्ट व्यक्तिहरुले समेत प्रस्तुती दिने विज्ञप्तीमा उल्लेख छ।

सम्मेलनमा नास्टका उपकुलपतिको विशेष प्रस्तुति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरीराजमणि पोखरेलको प्रमुख आतित्थ्यता रहने तय भएको संस्थाका अध्यक्ष सर्जन विसिले जनाए। कार्यक्रममा १० भन्दा बढी अन्तराष्ट्रिय वक्ताहरुको उपस्थिति हुनेछ।

स्टेम फाउन्डेसन नेपालले अन्तर्राष्ट्रिय ओलम्पियाडबारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिता बढाउने अभियानका साथ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टको सहकार्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको फाउन्डेसनका संस्थापक अध्यक्ष सर्जन बिसीले जनाए।  

उनका अनुसार विज्ञान शिक्षक समाज नेपाल, त्रि.वि. विज्ञान अनुसन्धान केन्द्र, प्याब्सन, एनप्याब्सन लगायतको सहकार्यमा प्रदेशमा एक दिने कार्यक्रम गर्न लागिएको हो। सहभागिताका लागि स्टेम फाउन्डेसनको वेबसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन गर्न सकिने विसीको भनाई छ।  

विगतमा विज्ञान विषयमा मात्र सहभागिता जनाइँदै आएकोमा हाल आएर अन्य विषयका ओलम्पियाडमा समेत नेपालको राम्रो सहभागिता रहेको छ। सन् १९५९ मा रोमानियाबाट गणित विषयमा ओलम्पियाडको शुरूवात भएको भएको थियो तर नेपालले निकै ढिलो गरेर सन् २००६ मा मात्र भौतिक विज्ञान विषयबाट अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति देखाएपनि सन् २०२० सम्म आईपुग्दा सम्पूर्ण अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालले सहभागिता जनाउने निश्चित भएको विसीले जानकारी दिए।

अन्तर्राष्ट्रिय ओलम्पियाडमा विषयगत रूपमा ४ देखि ६ जनाले सहभागिता जनाउन सक्नेछन् जसका लागि राष्ट्रिय प्रतियोगिता अनिवार्य हुन्छ।

प्रकाशित: २५ भाद्र २०७७ १४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App