coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

टिएसएलसी खारेजीसँगै निजी शिक्षालयको १० अर्व लगानी डुब्ने जोखिम

हाल कोभिड–१९ महामारीसँगको लडाईमा अग्रपंक्तीमा सिएमए, अनमी,ल्याब असिस्टेन्ट जस्ता तालिम प्राप्त जनशक्तिहरु नै खटिई देशैभरि योगदान गरिरहेका छन्। तर यहिबेला चिकित्शा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद ( सिटिइइभिटी) तर्फका  प्रमाणपत्र तह मुनिका टिएसएलसी का १८ महिने स्वास्थ्य शिक्षाका सबै कार्यक्रम खारेज गरेको छ।  

आयोगको दुई साता अघि बसेको बैठकले स्वास्थ्य शिक्षाका प्रमाणपत्र तह र सिटिइभिटी तर्फका प्रमाणपत्र तह मुनिका सबै कार्यक्रम खारेजी गरेको हो। यसले स्वास्थ्य शिक्षाका १८ महिने टिएसएलसी शिक्षा हासिल गरिरहेका १२ हजार परीक्षार्थीहरुमा अन्यौलता सृजना गरेको छ। कोरोना महामारीको विषम परिस्थितीमा आयोगको निर्णय असान्दर्भिक भएको स्वास्थ्य शिक्षाका टिएसएलसी  कार्यक्रम संचालन गरिरहेको एक सय ३७ निजी कलेज र सिटिइभिटिका चार आंगिक कलेजहरु समेत विरोधमा उत्रेका छन्।  

विगत चार दशकदेखि सरकारले एसइई (तत्कालिन एसएलसी) मा कम अंक ल्याएका विद्यार्थीहरुलाई सिटिइभिटीले टिएसएलसीमा भर्ना लिएर १८ महिने तालिम दिएर स्वास्थ्य तर्फ दक्ष सिएमए, अनमी, ल्याब असिस्टेन्ट, आर्युवेद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। हाल विना तयारी आयोगले हचुवाको भरमै खारेजी गर्नु यी जनशक्तिको मनोबल गिराएको सिटिइभिटिका कर्मचारी युनियनका निवर्तमान अध्यक्ष देवदत्त बडुले बताए।  

नेपालमै पहिलो पटक सिटिइभिटीका आंगिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालयले २०३७ सालदेखिनै एसइईमा डि र इ ग्रेड अर्थात विगतका एसएलसीमा कमजोर अंक प्राप्त गरेका विद्यार्थीहरुलाई १८ महिने तालिम दिएर स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने कामको थालनी गरेको हो। हाल सिटिइभिटिका चार आंगिक प्राविधिक शिक्षालय छन्। कर्णाली, राप्ती, सेती र जिरी शिक्षालयले टिएसएलसीका अनमी, सिएमए, आर्युवेदा तथा ल्याब असिस्टेन्टमा जनशक्ति उत्पादन गर्दै आएको छ।

‘कोरोना महामारीको अग्रपक्तिमा उभिएर स्वाब संकलन गर्ने, ज्वरो नाप्ने,हरेक स्थानीय तह, अस्पताल, स्वास्थ्य केन्द्रमा यीनै जनशक्ति खटिनु भएको छ,’युनियनका निवर्तमान अध्यक्ष बडुले नागरिकसँग भने‘दुर्गम  र ग्रामीण क्षेत्रमा अनमी, सिएमए, ल्याब असिस्टेन्टले धानेका छन्। ज्वारो नाप्ने, समान्य चेक गर्ने, दिसापिसाब, सुगर प्रेसर तथा सुत्केरी समेत यीनै जनशक्तिले गराउदै आएका छन्। ’उनले थपे‘दुर्गम र ग्रामिण क्षेत्रमा डक्टर पुगेकै हुँदैन्।’

२०५१ सालदेखि निजी प्राविधि शिक्षालयहरुले समेत यी विषयहरु पठनपाठन गराउँदै आए। हाल एक सय ३७ निजी शिक्षालय १८ महिने स्वास्थ्य शिक्षाका टिएसएलसी कार्यक्रम संचालन गरिरहेको निजी प्राविधिक शिक्षालय महासंघ , नेपालका अध्यक्ष बसन्त खनालले जनाए। उनले आयोगले विकल्प बिनानै टिएसएलसी खारेजी गर्दा निजी शिक्षालयको १० अर्वको लगानी डुब्ने जोखिम बढेको जनाए। उनले भर्खरै एसइईको नतिजा प्रकाशन भएको र निजी शिक्षालयहरु भर्नाको तयारी गरेकै समयमा एक्कासी आयोगले बदनियत पुर्वक खारेजी गरेको आरोप लगाए। उनका अनुसार टिएसएलसी तर्फ एसइईमा कमजोर ग्रेडका वर्षेनी २२ हजार विद्यार्थी भर्ना  हुने अवसर पाउँदै आएका छन्। महासंघले विज्ञप्ती जारी गर्दै आयोगले निर्णय पुनर्विचार गर्नु पर्ने अनुरोध गरेको छ।  

‘शैक्षिक सत्र संचालन भइरहेको अवस्थामा हतार र षडयन्त्र पूर्वक २५ औं वर्षदेखि अविछिन्न रुपमा तालिम संचालन गर्दै अइरहेका सरोकारावालाहरुसँग कुनै छलफल नगरी भावी योजना र विकल्प समेत नदिई अन्याय पूर्ण रुपमा खारेजी गर्ने निर्णय हामीलाई मान्य हुदैन। घोर आपत्ति छ’, अध्यक्ष खनालले भने ‘नयाँ भर्ना र  पठनपाठनको सम्पूर्ण तयारी पुरा भइसकेको अवस्थामा कम्तीमा यस पटकलाई भर्ना तथा पठनपाठन गर्ने अगामी दिनमा १८ महिने ,कार्यक्रम संचालन गर्ने संस्थाहरुको न्यासंगत रुपमा ब्यवस्थापन गरि कार्ययोजना सहित निर्णय सच्याउन हुन महासंघ आयोगलाई आग्रह गरेको छ।’उनले थपे‘वार्षिक रुपमा ५ करोड राजस्व, सरकारलाई बुझाउने निजी संचालकहरुको १० अर्व लगानी र सिटिइभिटिमा ५० करोड बराबरको नगद धरौटी तथा प्रत्यक्ष रुपमा १० हजार जनाको रोजगारी गुम्ने अवस्था सृजना भएको छ। ’

अर्को तर्फ नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले समेत आयोगको यस्तो निर्णय प्रति आपत्ति प्रकट गरेको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेसविज्ञप्ती जारी गर्दै आयोगले भाबी योजना र बिकल्प समेत नदिई विगत २५ वर्षदेखि अबिछिन्न संचालित तालिम बन्द गर्दा यसले स्वास्थ्य शिक्षा क्षेत्रमा ठूलो अन्योलता सृजना गरेको बताएका छन्। कोभिडसँगको लडाइमा अग्रपक्तिमा उभिएर खटिएका अनमी, सिएमए र ल्याब असिस्टेन्टलाई सरकारले मनोबल बढाउनुको साटो उल्टो उनीहरुसहित देशभरका १२ हजार परीक्षार्थीलई आतंकित बनाउने आयोगको निर्णय नेविसंघलाई मान्य नहुने तिमल्सिनाले चेतावनी दिए।  

 

 

 

 

प्रकाशित: १७ भाद्र २०७७ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App