२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

घरै बसेका विद्यार्थीको पठनपाठन गराउन सरकारले सुरु गर्यो भर्चुअल कक्षा

काठमाडौं, - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कोरोना भाइरसबाट जोगिन लकडाउनमा घरै बसीरहेका ७० लाख विद्यार्थीलाई लक्षित गरी अनलाइन भरचुअल कक्षा संचालनमा ल्याएको छ । लकडाउनका कारण बैशाखदेखि वर्षेनी संचालन हुने भर्ना अभियान समेत प्रभावित बनेको छ ।  यो समयवधि लम्बिन्दै जाँदा विद्यार्थीहरुलाई घरै बसी पठनपाठन कार्यमा सहभागिता गराउने उदेश्यसाथ अनलाइ भर्चुअल कक्षा सरकारले संचालन गरेको केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए । 

निर्देशक गौतमका अनुसार शिक्षक महासंघ र विभिन्न अनलाइन कक्षा संचालन गरिरहेका प्राविधिक संस्थाहरुको सहकार्यमा सरकारले कक्षा एक देखि १२ सम्मकै ७० लाख विद्यार्थीलाई अनलाईबाटै सहभागिता हुने गरी भर्चुअल कक्षा संचालनमा ल्याएको हो । उनले अनलाईन शैक्षिक सामाग्रीहरु प्रयोग गरी पठनपाठन गराउनकोलागि प्रविधिमैत्री शिक्षक समाज नेपालले शिक्षकहरुलाई अनलाइन तालिम दिएको बताए । केन्द्रले तयार पारेको शैक्षिक समाग्रीहरुलाई नेपाल टेलिभिजनमा विषयगत विज्ञहरुले कक्षा संचालन गरिरहेका छन् ।

कक्ष्गा १ देखि १२ सम्मकै पाठ्य सामाग्रहरु उपलब्ध भए पनि हालको समयमा माध्यामिक शिक्षा परीक्षा कक्षा १० एसइइ, कक्षा ११ र १२को तयारी घरमै गरिरहेका विद्यार्थीहरु बढी लाभान्तीत भएका छन् । भने बैशाखदेखि नयाँ भर्ना हुने विद्यार्थीहरुले समेत शिक्षण सिकाइमा सहभागिता जनाइरहेका छन् । ‘हाम्रो वेवसाइटको लिंकमा समेत सबै कक्षाहरुको विषयगत शैक्षिक सामाग्रीहरु राखिएका छन् ,’ निर्देशक गौतमले नागरिकसँग भने ‘शिक्षक महासँघले आफना नेटवर्क प्रयोगगरी सातै प्रदेशमा अनलाईन पठनपाठन गराउन सक्ने सम्पर्क नम्बरसहितको फाकेल शिक्षक तोकेको छ ।’ उनले थपे ‘विशेष गरी सरकारले घरमै बसेका र एसइई परीक्षा तयारीमा रहेका विद्यार्थीेले अध्ययन गरेका विषयबस्तुहरु समझिरहनकोलागि मुख्य विषयहरु अंग्रेजी, नेपाली, गणित, विज्ञान, समाजिक र स्वास्थ्य,जनसँख्या तथा वातावरण विषयमा भर्चुअल कक्षा संचालनमा जोड दिएको छ ।’ लकडाउनको समयमा पनि शिक्षकलाई विद्यार्थी प्रति थप जिम्मेवार बनाउन उनीहरुले आआफना विषयका विद्यार्थीलाई फोन, अनलाइन वा भाइवर, स्काइपलगाएतका इन्टरनेटको माध्यम प्रयोग गरी विद्यार्थीसाँग सम्पर्कमा रहन सरकारले  सूचनानै गरिसकेको उनले बताए । निर्देशक गौतमले हाल नेपाल टेलिभिजनमा सरकारले तयार पारेको श्रब्य शैक्षिक सामाग्री प्रयोग गरी विषयविज्ञहरुले दै्रनिक ३ घण्टा विहान ११ बजेदेखि ३ बजेसम्म कक्षा संचालन गरीरहेका छन् । यसबाट थुप्रै विद्यार्थीहरुले लाभ उठाइरहेको उनको ठहर छ । 

जो जाहा छ त्यही बसेर विद्यार्थीलाई सहजरुपमै पठनपाठन गराउन सक्ने वातावरणकोलागि सरकारले भर्चुअल कक्षा संचालन कार्य विद्यार्थी र शिक्षक दुबैकोलागि उपलब्धीमुलक रहेको  त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माध्यामिक विद्यालयका प्रिन्सिपल हेरम्बराज कँडेलले बताए । उनी आफै  विद्यालयमा कार्यरत शिक्षकहरुलाई समेत विद्यार्थीसँग सम्पर्कमा रहेर अनलाइन सम्पर्क गरी अप्ठ्यारा विषयको कक्षा संचालन गरिरहेका छन् । उनले हाल कक्षा १देखि ९सम्मको समय विदाकै भएकोले कुनै नभएको तर परीक्षाको तयारीमा रहेको कक्षा १०,११ र १२को विद्यार्थीहरु घरबसी पढेका विषयबस्तुहरु विर्सीन्दै गएको गुनासोहरु विद्यालयमा आइरहेकोले शिक्षकहरु सम्पर्क गरेर पठनपाठन गराउँदै आएको बताए । ‘हामीले आफना विद्यार्थीहरुलाई एसएमएस गरी कुन दिन कुन कक्षा र कुन शिक्षकले पढाउने बताउँछन् ,’ प्रिन्सिपल कँडेलले नागरिकसँग भने ‘सोहि समयमा विद्यार्थीले अनलाइनका विभिन्न माध्यमहरु प्रयोग गरी अध्ययन गर्छन् । फोन, स्काइप, भाइभर , म्यजेन्सरलगाएतका माध्यमबाट विद्यार्थीहरु शिक्षकहरु भर्चुल सम्र्क गरेर दिनहु अध्ययन अध्यापन गनेै गराउने काम भइरहेको छ। ’ उनले अब सरकारी विद्यालयहरुको पठनपाठन समेत ईलर्निङमा जाने समय आएकोले  सूचना प्रविभि मैत्रि हुने यो अवसर समेत रहेको उनको ठहर छ ।

प्रविधिमैत्रि शिक्षक समाजका सचिव हरिहर दहालका अनुसार हाल देशभरिमा ७ सय शिक्षकहरुलाई अनलाइनबाट शैक्षिक सामाग्री प्रयोग गरी पठनपाठन गरानउकोलागि तालिम दिएको बताए । उनले समाजले सरकारी तथा निजी दुबै थरीका विद्यालयमा पठनपाठन गराउने तर प्रविधिमा राम्रो ज्ञान भएका शिक्षकहरुलाई १५ दिनको अनलाइन तालिमनै दिएको हो । जसको प्रयोग गरेर शिक्षकहरु पठनपाठन गराउन सक्षम बनेका छन् । ‘सबै विषयमा तालिम दिएको छ । अब शिक्षकहरुले विशेष गरी गणित, अंग्रेजी, विज्ञान, कम्प्युटर नेपाली र समाजिक गरी ६ वटा क्षेत्रहरुमा शिक्षकलाई तालिम दिएको हो ,’ सचिव दहालले भने ‘हालको तालिम प्राप्त शिक्षकहरुले प्रयोग गर्ने एपले एक पटकमा सय विद्यार्थीहरुलाई ’कनफ्रेनसको माध्यमबाट सहभागिता गराएर कक्षा संचालन गर्न सक्छन् । ’ उनले लकडाउन अवधिभरि विद्यार्थीहरु निःशुल्क एप प्रयोग गरी पठनपाठन गर्ने जनाए । 

प्रकाशित: १ वैशाख २०७७ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App