१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

बैतडीमा एसइई परीक्षाको तयारी पूरा

बैतडी- बैतडीमा एसइई परीक्षाको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। इकाइका सूचना अधिकारी पुष्कर शर्माका अनुसार २६ वटै केन्द्रमा केन्द्राध्यक्ष तोकि सकेको र अन्य तयारी पनि पूरा भएको छ। जिल्लामा नियमित तर्फ छात्र २ हजार पाँच सय ५३ र छात्रा २ हजार ६ सय ४५ गरेर ५ हजार एक सय ९८ परीक्षार्थी सहभागी हुँदैछन्।

यसैगरी ग्रेड वृद्धि तर्फ छात्र एक सय ६० र छात्रा दुई सय ८५ गरेर चार सय ४५ जनाले परीक्षा दिने बताइएको छ। २०७३ सालमा परीक्षा दिएर ग्रेड वृद्धिका लागि परीक्षा दिने ५१ जना परीक्षार्थी रहेका सूचना अधिकारी शर्माले जानकारी दिए। ग्रेड वृद्धिका लागि परीक्षा दिने परीक्षार्थीको हकमा भने विरेन्द्र मावि शाहीलेक केन्द्र तोकिएको उनले बताए।

यस्तै, जिल्लाका सबै २६ वटै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगीसकेको छ। भोली चैत ६ गतेदेखि माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) सञ्चालन भइरहेको छ।

एसइई परीक्षा केन्द्रमा हेल्थ डेस्क
कोरोना (कोभिड–१९) भाइरसको संक्रमण हुन नदिन बैतडीका परीक्षा केन्द्रमा सतर्कता अपनाइएको छ। एसइई परीक्षा केन्द्रस्थल सुरक्षित र भयमुक्त रुपमा परीक्षा दिने वातावरण मिलाउन प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने तयारी शिक्षा विकास तथा समन्वय इकाइले गरेको छ।

जिल्लामा २६ केन्द्र तोकिएका छन्। माध्यामिक शिक्षा परीक्षा समन्वय समितिको बैठकले सबै केन्द्रमा हेल्थ केन्द्र राख्ने निर्णय गरेको शिक्षा विकास समन्वय प्रमुख नरेन्द्र अवस्थीले बताए। केन्द्रबाट आएको परिपत्र अनुसार यस्तो निर्णय गरिएको उनले बताए। सुरक्षाको साथै परीक्षार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गर्दै परीक्षार्थीबीच निश्चित, बसाइ दुरी कायम गर्न र प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। बजारमा मास्कको अभाव भएकाले परीक्षार्थीलाई मास्क अनिवार्य नगर्ने निर्णय समेत समितिले गरेको छ।

प्रकाशित: ५ चैत्र २०७६ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App