२२ जेष्ठ २०७७ बिहीबार
शिक्षा

नैतिक शिक्षामा जोड

पछिल्लो समयको मागअनुसार नैतिक शिक्षा घट्दै गएको अनुमान छ । विषयबस्तु नबुझीकनै घोकेर पास गर्ने नैतिकताभन्दा बच्चाले प्रयोग गर्ने र सजिलै बुझ्ने नैतिक शिक्षा महत्वपूर्ण छ । अहिलेका अभिभावक काममा व्यस्त छन् । दुवै अभिभावक काममा जाने र बालबच्चाको सबै जिम्मा विद्यालयले लियोस् भन्ने चाहन्छन् । सानो उमेरसम्म घरबाटै आवतजावत गराउँछन् भने १२/१३ वर्ष पुगेपछि विद्यालयको छात्रावासमा राखेर पढाउन चाहन्छन् ।

नाम र ठूलो भवनकै आधारमा जति पनि पैसा तिर्न तयार हुन्छन् अभिभावक । छात्रावासमा राखे विद्यालयले २४ घन्टै सुविधा दिन्छ र पढाउँछ भनेर विद्यार्थीको भविष्यका लागि सकिनसकी निजी विद्यालयमा पढाउँछन् । ‘सबैले पैसा तिरिरहेका हुन्छन् अनि बाध्यताले पनि तिर्नुप-यो,’ अभिभावक याचना सिजापतिले भनिन्, ‘छोराको भविष्यका लागि विद्यालयको सेवा सुविधा हेरेर पैसा तिर्नुपर्ने हुन्छ ।’ विद्यालयले विभिन्न बहनामा पैसा तानिरहेका हुन्छ । ‘फागुनचैतमा कक्षा सकिन लाग्दा पिकनिक, भ्रमण र स्विमिङ भन्दै पैसा लिन्छन्’ उनले थपिन्, ‘विद्यालयले यसको नाममा पैसा थुतेका जस्तो लाग्छ तर पढाइ हेरेर चुपो लाग्नुपर्छ ।’

विद्यालय छान्दा मुख्य पढाइको स्तरका साथसाथै अन्य क्रियाकलाप पनि हेनुपर्छ । पढ्ने मात्र तर धेरै नबोल्ने एक्लै बस्न खोज्ने जस्ता समस्या हुन सक्छ तर खेलकूद, भाषा, नाचगान, बोल्ने तरिकालगायतका सबै कुरा सिकाउने भएकाले जति भन्यो त्यति पैसा तिरेर भर्ना गर्नुपर्ने वाध्यता भएको उनले बताइन् ।

सामुदायिक विद्यालयको विकल्प नै प्राइभेट विद्यालयहरू हुन् । अभिभावकले आफ्ना सन्तानको भविष्यका लागि पैसा तिरेर सेवा र सुविधाका लागि निजी विद्यालयमा भर्ना गर्ने गरेको पाणिनी स्कुलका संस्थापक प्रिन्सिपल कर्णबहादुर शाही बताउँछन् । ‘सेवा सुविधा र अतिरित्त क्रियाकलापका लागि निजी विद्यालयमा आउनुहुन्छ अभिभावक,’ संस्थापक शाहीले भने, ‘ए प्लस ल्याएका विद्यार्थी र सी ल्याएका विद्यार्थीहरू तीन महिनामा लगभग सबै विषयवस्तु भुलिसकेका हुन्छन् । पाठ्यक्रममा भएका कुरा दैनिक जीवनमा उपयोग भएन भने यो समस्या आउँछ ।’ कक्षाकोठामा अभ्यास गरेका विषयवस्तुमा व्यवहारमा उतार्न नै अतिरित्त क्रियाकलापको व्यवस्था गरेका उनको भनाइ छ ।

सञ्चालनमा रहेका सबै पाठ्यक्रम त हुन्छ तर चौतर्फी विकासका लागि थप पाठ्यक्रम राखेको शाहीले बताए । विद्यार्थीले पढेर मात्र नबुझ्न सक्छन् भनेर उनीहरूलाई भिडियोबाट पढाइने र शैक्षिक भ्रमणबाट अवलोकन समेत गराउने गरेको बताए । मल्टिमिडियाको प्रयोग अहिलेको आवश्यकता भएकाले अवलोकन, थाहा पाएका कुरा एकअर्कामा बाढ्ने कुराको विकासका लागि प्राइभेट स्कुल लागिपरेको उनको भनाइ छ ।

‘प्रोगेस लर्निङ’ अन्र्तगत आत्मविश्वासको स्तर बढाउने, हेर्ने दृष्टिकोण, क्षमता विकास, नाचगान र खेलकूदलगायतका क्रियाकलापले नै अभिभावकको ध्यानाकर्षण प्राइभेट स्कुलतर्फ गरेको स्कुल सञ्चालकहरू बताउँछन् ।

तर बालबालिकालाई विद्यालयले मात्र हेरेर हँुदैन अभिभावकले पनि हेनुपर्छ । शिक्षा विद्यालय एक्लैको विषय होइन । अभिभावकले पनि विद्यार्थीको दैनिक गृहकार्यलगायतका विषयलाई ध्यानमा राखेर समय छुट्याउनुपर्छ ।

अभिभावकलाई वास्तवमै बच्चालाई कसरी हेर्ने थाहा नहुन सक्छ त्यसका लागि विद्यालयसँग परामर्श गरेर जानकारी लिनुपर्छ । विद्यालयले पनि अभिभावकहरूलाई केके गर्ने गराउनेबारे सिकाउनुपर्छ । बालबालिकाले घरमा के गर्छ शिक्षाकले थाहा पाउनु पर्छ भने अभिभावकले पनि विद्यालयमा के गर्छन् भन्ने विषयको जानकारी राख्नुपर्छ । सबै अभिभावक आफ्नो सन्तान अरुभन्दा सक्षम भएको देख्न चाहन्छन् ।

अहिलेको बद्लिँदो अवस्थाअनुसार सामुदायमा पढाउँदा समाजमा स्तरमापन गर्ने जस्ता क्रियाकलापले पनि निजीतिर पढाउनुपर्ने वाध्यता रहेको अभिभावकको गुनासो छ । आर्थिक स्थितिले नभ्याए पनि समाजमा देखाउनका लागि निजीमा पढाउनुपर्छ’ एक अभिभावकले भने, ‘छोराछोरीको मानसिकता पनि बिग्रन सक्ने डर हुन्छ । छिमेकका बच्चाबच्ची निजीमा पढ्छन् । आफूले चाहीँ भेदभाव जस्तो नमानुन् भनेर पनि निजीमा जानुको विकल्प छैन ।’

पुस्तकालय, प्रयोगशाला, श्रव्यदृश्य कक्षा (स्मार्ट कक्षा), स्वच्छ खानेपानी, पर्याप्त र स्वस्थकर शौचालयको व्यवस्था, खेलकूदका लागि टेनिस मैदान, भलिबल मैदान क्रिकेट मैदान जस्ता सेवा सुविधा हेरेर पैसा तिर्छौं । ‘पैसा कम भए हुन्थ्यो भन्ने त चाहन्छौं तर एकजनाले मात्र भनेर हुँदैन मापदण्ड सरकाले निर्धारण गनुपर्ने हो,’ उनले भनिन् ।

पुस्तकमा आधारीत पठनपाठन र शैक्षिक सुशासनमा सुधार अहिलेको आवश्यकता भएको उनको ठम्याइ थियो । गुणस्तरीय शिक्षा केका लागि हो स्पष्ट पार्दै अघि बढ्नुपर्नेमा जोड दिँदै स्थानीय आवश्यकता र विशेषता युक्त विद्यालयमैत्री शिक्षा नीतिले मात्रै शिक्षाको सुधार हुने बताए । हाम्रा युवालाई अहिले पढेपछि जागिरको सुनिश्चितता हुने किसीमको शिक्षा नीति चाहिएको उनले थपे ।

अभिभावकका चाहनाअनुसारको सेवासुविधा दिएको काठमाण्डु बल्र्ड स्कुलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र घिसिङले बताए । ‘काठमाडौं शहरभन्दा अलि टाढा भए पनि पढ्ने वातावरण छ,’ वायु तथा ध्वनि प्रदूषणले बाधा गर्दैनन् । रमणीय ठाँउ तथा सबै सेवा सुविधा दिएका छौं आरामदायी कक्षा र इन्टरनेटजस्ता सबै खालको सुविधा भएको बताए । विद्यार्थीलाई चाहिने वा आवश्यक पर्ने अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहितको शिक्षाको व्यवस्था गरेको बताए ।

विद्यालय र अभिभावक परिपूरक हुन् । तर अहिले अभिभावकहरूको पढाइप्रति खासै चासो छैन । सिकाइपढाइको गुनासो गर्ने अभिभावकको संख्या नबढी स्कुलमा अभिभावकको संलग्नता सार्थक हुन सक्दैन । अभिभावकलाई शिक्षाको महत्व बुझाउन सरकारले भर्ना अभियानसँगै अभिभावक शिक्षा कार्यक्रम ल्याउन जरुरी छ । 

बच्चा स्कुल गएपछि ‘फटाफट लेख्ने होस्, जान्ने होस्, र ऊ फष्र्ट नै होस्’ भन्ने चाहन्छन् । उसलाई खेल्नलाई अहिले मोबाइल, ट्याबलेट चाहिएको छ, त्यति पनि नभए टिभी । त्यो साधन भएन भने बच्चा हुर्काउनै सकिँदैन कि जस्तो अवस्था पनि भएको छ । अभिभावकको ‘उच्च अपेक्षा’ को सिकारमा बालबालिकाहरु परिरहेका छन् । यस्ता विषयलाई कसरी ध्यान दिनुपर्छ भन्ने अभिभावकहरुले ख्याल गरेका छैनन् ।

प्रकाशित: १३ चैत्र २०७५ २२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App