१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ शिक्षाको गुणस्तरमा जोड

भक्तपुर – नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वमा प्रतिस्पर्धी बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । नेपाल विश्व व्यापार संगठननको सदस्य राष्ट्र भएसँंगै नेपाली इन्जिनियरले विश्वका सम्पूर्ण इन्जिनियरसँंग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपालको इन्जिनियरिङ शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने उनीहरूले बताएका हुन् । भक्तपुरको चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजले आयोजना गरेको परामर्श कार्यक्रममा प्रिन्सिपल डाक्टर हरिकृष्ण श्रेष्ठले पहिलाजस्तो अहिले नेपालका इन्जिनियरसँंग मात्रै नभई संसारभरका इन्जिनियरसँंग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले चुनौती थपिएको बताए।

नेपालमा राजनीतिक, सामाजिक आदि कारणले गर्दा पढाइ नियमित रूपमा सञ्चालन गर्न समस्या पर्ने गरेको चर्चा गर्दै उनले यस विषयमा पनि सरोकारवालाको ध्यान खिचे । बन्द, हड्ताल, चक्काजाम लगायतले मात्र नभई जात्रा पर्वका बेलामा पनि विदा भई पढाइ नहुनाले समस्या भइरहेको उनले सुनाए।

कलेजका सहायक प्रिन्सिपल दीपकबहादुर धामीले नेपाली विद्यार्थी आफ्नो लक्ष्यमा प्रतिवद्ध भएर लाग्नुपर्ने खाँंचो आंैल्याए । कलेजमा जुन उद्देश्य लिएर आएको हो, त्यसलाई नभुली निरन्तर लाग्न विद्यार्थीलाई उनले सुुझाव पनि दिए । कलेजका एकेडमिक कोअर्डिनेटर मोहनध्वज केसीले सधैं सकारात्मक सोच भएका साथीसँंग संगत गरेर अगाडि बढे लक्ष्य प्राप्ती हुने सूत्र बताए।

कलेजको स्नातक तहका कक्षाहरू आइतबारदेखि नै सुरु भएका छन् । कलेजमा यो वर्ष झन्डै ३ सय ५० विद्यार्थी भर्ना भएको कलेजले जनाएको छ । कलेजमा स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एन्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एन्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एन्ड कम्युनिकेसन लगायतका विधामा पढाइ भइरहेका छन् । यी कोर्षहरूमध्ये धेरैजसो चारबर्से छन् भने कुनै पाँंचबर्से छन्।

प्रकाशित: ४ मंसिर २०७५ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App