१६ पुस २०८२ बुधबार
image/svg+xml
शिक्षा

गर्मीले पढाइ प्रभावित : विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

तस्बिर : एआई

चर्को गर्मीले पठनपाठनमा असर परेपछि लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षाको संख्याअनुसार ३३० सिलिङ पङ्खा वितरण गरे। नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो योजना समेटेर पङ्खा वितरण गरेको हो।  

‘गर्मीले विद्यार्थीको पढाइ प्रभावित भएको छ। त्यसैले प्रत्येक कक्षामा पङ्खा पुर्‍याउने लक्ष्य राखेका छौँ,’ चौधरीले भने, ‘पङ्खा नपुगेका विद्यालयमा थप वितरण गर्नेछौँ।’  

लहानमा ५९ सामुदायिक विद्यालय छन्, जसमा १७ माध्यमिक र ४२ आधारभूत छन्। गर्मीमा कक्षामा पङ्खा नहुँदा विद्यार्थीले पढाइ छाड्ने गरेको पाइएपछि यो कार्यक्रम ल्याइएको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताए। उनले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: २ जेष्ठ २०८२ २०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App