११ पुस २०८२ शुक्रबार
image/svg+xml
शिक्षा

शिक्षक आन्दोलन आज पनि जारी रहने

आन्दोलनरत शिक्षक महासंघ र सरकारबिचको वार्ता अझै सफल हुन सकेको छैन।

सोमबार राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका हुन्।

‘आज शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन, हामी भर्खरै मन्त्रालयबाट बाहिर आयौँ, हाम्रो आन्दोलन जारी छ,’ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले राति नै भनेका थिए।

आज बिहान उनले आन्दोलनमा सहभागी हुनका लागि पहिला झै माइतीघर मण्डलामा आउन अनुरोध गरेका छन्। ‘हाम्रो आन्दोलन जारी छ, आज पनि ठीक ११ बजे माइतीघर मण्डला आउनुहोला,’ उनले भनेका छन्, ‘राज्य दिन चाहँदैन, आन्दोलनबिना केही पाइदैन। त्यसैले आन्दोलन बलियो गराऔँ।’

गत चैत २० गतेदेखि जारी आन्दोलन आज २७ औं दिनमा पुगेको छ। 

प्रकाशित: १६ वैशाख २०८२ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App