९ चैत्र २०८२ सोमबार
image/svg+xml
शिक्षा

नेपालमा कति छन् विद्यालय ?

नेपालको शिक्षा क्षेत्रमा भएको लगानी र शैक्षिक पूर्वाधारको विकासले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। 

पूर्वप्राथमिक शिक्षाको कुल भर्ना दर ८४.७ प्रतिशत पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको संख्या ६६.९ प्रतिशत छ, राष्ट्रिय योजना आयोगले जनाएको छ।

आयोगका अनुसार, प्राथमिक तह (कक्षा १–५), आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ८–१२) को खुद भर्ना दर क्रमशः ९६.९ प्रतिशत, ९२.७ प्रतिशत र ४६.४ प्रतिशत छ।

कक्षा ५ र कक्षा ८ सम्मको टिकाउ दर क्रमशः ८९.६ प्रतिशत र ७७.९ प्रतिशत छ। आधारभूत र माध्यमिक तहमा ७२ लाख १४ हजार ५२५ विद्यार्थी अध्ययनरत छन्। प्रारम्भिक बाल विकास शिक्षामा नौ लाख ७४ बालबालिका अध्ययनरत छन्। लैङ्गिक समता सूचकांक आधारभूत तहमा ०.९८ र माध्यमिक तहमा १.०१ छ। कक्षा १–५ मा दोहोर्याउने दर ३.८ प्रतिशत, कक्षा ६–८ मा ४.४ प्रतिशत र कक्षा ९–१० मा ३.७ प्रतिशत छ।

आयोगका अनुसार, देशभर सार्वजनिक र निजी लगानीका ३५ हजार ५५ विद्यालय सञ्चालनमा छन्। निजी क्षेत्रले अभिभावकको लगानीमार्फत करिब २३ प्रतिशत विद्यार्थीलाई सेवा दिइरहेको छ।

विसं २०६८ को जनगणनामा १५ वर्षमाथिको साक्षरता ५८ प्रतिशत थियो भने २०७४/७५ मा १५–२४ वर्ष उमेर समूहको साक्षरता ८८.६ प्रतिशत पुगेको छ। हालसम्म ५१ जिल्ला साक्षर घोषणा भएका छन्, आयोगको प्रमुख आर्थिक सूचकको प्रयोग विधि पुस्तकमा उल्लेख छ। रासस

प्रकाशित: १३ वैशाख २०८२ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App