१३ चैत्र २०८१ बुधबार
image/svg+xml १४:४९ अपराह्न
शिक्षा

प्राविधिक शिक्षा पढ्ने २६ विद्यार्थीलाई नगरपालिकाको छात्रवृत्ति

भानु नगरपालिकाले प्राविधिक शिक्षा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएको छ। प्रमुख प्रशासकीय अधिकृत गौतमराज भण्डारीले हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति दिइएको बताए।

‘हरेक विद्यार्थीलाई एक लाख ५० हजारका दरले ३९ लाख रुपैयाँ वितरण गरिएको छ,’ उनले भने, ‘प्राविधिक जनशक्ति उत्पादन गरी नगरपालिकामै प्राथमिकताका आधारमा रोजगारी दिने योजना छ। एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेमा हरेक वर्ष एक लाखका दरले पाँच वर्षसम्म पाँच लाख दिने निर्णय भएको छ।’

नगरपालिकाले ‘हाम्रो भानु’ नामक स्थानीय पाठ्यक्रम तयार गरेको छ। यसमा आदिकवि भानुभक्त आचार्यको जीवनीलगायत विषय समेटेर कक्षा १ देखि ८ सम्मका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ। शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले यस्तो पाठ्यक्रम बनाउनेमा गण्डकी प्रदेशमै भानु नगरपालिका पहिलो भएको बताए।

सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्म प्रतिव्यक्ति १५ रुपैयाँ दिवा खाजाका लागि दिँदै आएकोमा नगरपालिकाले ५ रुपैयाँ थपेर २० रुपैयाँ पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ। रासस  

प्रकाशित: ११ चैत्र २०८१ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App