१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ०:७ पूर्वाह्न
शिक्षा

एसइईमा अनधिकृत गतिविधि गरेको भन्दै ४ जना निरीक्षक निष्कासित

माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत दोस्रो दिन शुक्रबार सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ ।

दुहवीको सरस्वती माध्यमिक विद्यालय र गढीको पनि सरस्वती  माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको हो ।

दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आइन्दा त्रुटि नगर्न सचेत समेत गरिएको प्रजिअ मिश्रले बताए । ‘विभिन्न स्थानबाट गुनासो आएका आधारमा अनुगमन गर्दा कतिपय केन्द्रमा बेथिति भेटिएका छन् । तिनीहरूमा सुधार भइरहेको छ,’ उनले भने । अहिलेसम्म जिल्ला स्तरीय अनुगमन समितिले कोशी, हरिनगर, बर्जु र गढी गाउँपालिकाका अधिकतर केन्द्रमा अनुगमन गरेको छ । यस्तै, दुहवीमा रहेका दुईवटा परीक्षा केन्द्रमा पनि अनुगमन गरेको छ ।

परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको प्रजिअ मिश्रले बताए ।

सुनसरी केही परीक्षा केन्द्रमा आधारभूत तहका तर शैक्षिक योग्यता डिग्री भएको र निजी विद्यालयका सञ्चालक तथा पढाउने शिक्षक समेतलाई निरीक्षकमा राखेको गुनासो आएकाले तिनीहरूमा पनि सूक्ष्म ढंगले निगरानी गरिनेछ । सुनसरीमा ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएका छन् ।

प्रकाशित: ८ चैत्र २०८१ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App