१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ०:३४ पूर्वाह्न
शिक्षा

कपिलवस्तुमा एसइईको पहिलो दिन ९१ जना विद्यार्थी अनुपस्थित

कपिलवस्तुमा बिहीबार देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रथम दिन ९१ विद्यार्थी अनुपस्थित रहेका छन् । 

अंग्रेजी विषयको पहिलो दिन नियमित र ग्रेड वृद्धि गरी ९१ अनुपस्थित रहेको शिक्षा तथा समन्वय इकाईका अधिकृत जीवन खनालले बताए । जिल्लाका १ सय ६७ विद्यालयका  ७ हजार ७२२ नियमित तर्फ र ३ सय ७९ ग्रेड वृद्धि गरी कुल ८ हजार ३१९ जना परीक्षामा उपस्थित रहेका थिए । जिल्लामा कुल ९ हजार ४६१ जनाले परीक्षामा सहभागी हुने गरी तयारी गरिएको थियो ।

जिल्लामा ३ जना दृष्टिविहीन र एक जना शारीरिक अपाङ्गले समेत परीक्षा दिएको खनालले बताए। सूर्योदय मावि बरवामा , बाणगंगा मावि सिद्धिपुर बाणगंगा मावि लगाईमा एक एक जना दृष्टिविहीन  र दुधाधारी मावि गुगौलीमा एक जना अपांग समेत परीक्षामा सामेल रहका थिए ।

परीक्षा शान्त र मर्यादीतरुपमा भएको शिक्षा तथा समन्वय इकाई कपिलवस्तुका अधिकृत अर्जुन कुवरले बताए । परीक्षाको जिल्ला समन्वय समितिका संयोजक प्रजिअ बिश्व प्रकाश अर्याल जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, सहितको टोलीले अनुगमन गरेको थियो । जिल्लाका ३४ वटै परीक्षा केन्द्रमा हेल्थ डेस्कको समेत खडा गरिएको छ । 

प्रकाशित: ७ चैत्र २०८१ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App