२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:६ पूर्वाह्न
शिक्षा

ताप्लेजुङमा एसईईका १७ केन्द्र, दुईमा महिला केन्द्राध्यक्ष

चैत ७ गते (भोलि) देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ताप्लेजुङमा १७ परीक्षा केन्द्र तोकिएका छन्। यीमध्ये दुई केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख युगमणि सवेहाङका अनुसार थेचम्बु माध्यमिक विद्यालय परीक्षा केन्द्रमा मनसुन लावती र सरस्वती माध्यमिक विद्यालय हाङपाङमा प्रमिला भण्डारी बस्नेत केन्द्राध्यक्ष छन्। 

बाँकी १५ केन्द्रका केन्द्राध्यक्षहरू पनि तोकिएका छन्। बासुसं मावि मेदिबुङमा युवराज बस्नेत, भानुजन माविमा किशोरकुमार राई, सिँवा मावि लिङ्खिममा ओमनाथ गौतम, युवावर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल, सिद्धकाली मावि दोखुमा अमरकुमार राई, जनता मावि हाङदेवामा रामबहादुर गुरुङ र मोति मावि खोक्लिङमा केबुहाङ लिम्बू केन्द्राध्यक्ष छन्। 

त्यस्तै, त्रिभुवन मावि थुकिमामा कमल चेम्जोङ, सिनाम माविमा तुलसीराम पोखरेल, तेल्लोक माविमा रुकमान थेवे, गणेश मावि खेवाङमा रामकुमार लिम्बू, भञ्ज्याङ मावि लिम्बुदिनमा राजेन्द्र इदिङ्गो लिम्बू, मैवाखोला मावि तेम्बेमा भक्तबहादुर लिम्बू, दुर्गा मावि फुलबारीमा कुलप्रसाद भट्टराई र सरस्वती मावि तापेथोकमा चन्द्रमणि केदेम लिम्बू केन्द्राध्यक्ष तोकिएका छन्।

यस वर्ष ताप्लेजुङमा कुल २,२७२ परीक्षार्थीले एसईईमा भाग लिनेछन्। साधारणतर्फ १,४१५ नियमित र ७१० ग्रेडवृद्धि विद्यार्थी छन्। प्राविधिक धारतर्फ १२२ नियमित र २५ ग्रेडवृद्धि विद्यार्थी सहभागी छन्। शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले सबै केन्द्रमा परीक्षा व्यवस्थित र शान्तिपूर्ण बनाउन तयारी पूरा भएको जनाएको छ। 

प्रकाशित: ६ चैत्र २०८१ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App