६ चैत्र २०८१ बुधबार
image/svg+xml २:५६ पूर्वाह्न
शिक्षा

फक्ताङलुङले दुई वर्ष सेवा अवधि पूरा नगरेका शिक्षकलाई सरुवा नदिने

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकाका पदस्थापन भएको दुई वर्ष अवधि नपुगेका शिक्षकहरूको सरुवा सहमति नदिने भएको छ ।

गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले पालिकाभरिका विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई परिपत्र गर्दै पालिकामा पदस्थापन भएको दुई बर्ष अवधि पूरा नभएका शिक्षकको सरुवा सहमति नदिन आग्रह गरेका छन् ।

पालिका अध्यक्ष लिम्बूले स्थानीय ऐनले निर्दिष्ट गरेको सर्त विपरीत सरुवा सहमतिका लागि पालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका कुनै प्रकार दबाब नदिन समेत सबैलाई चेतावनी दिएका छन् । रितपूर्वक कार्य अवधि पूरा भएका शिक्षकलाई समेत प्रत्येक शैक्षिक सत्रको अन्त्य र सुरु(चैत र बैशाख) महिनामा मात्र सहमति प्रदान गर्न सकिने बारे समेत पालिका अध्यक्ष लिम्बूले अवगत गराएका छन् ।

उनका अनुसार पदस्थापन भएको पालिकामा दुईबर्ष कार्य अवधि पूरा गरी सरुवाका लागि सहमति माग गरेका शिक्षकहरूको हकमा समेत शैक्षिक सत्रको अन्त्य र सुरु(चैत र बैशाख) महिनामा मात्र सरुवा सहमति प्रदान गर्न सकिने बताएका छन् । पालिकाले शिक्षा ऐननै बनाएर पालिकामा पदस्थापन भएका शिक्षकले कम्तीमा दुईवर्ष कार्य अवधि पूरा गरेपछि मात्र पालिका बाहिर सरुवा जान सरुवा सहमतिको प्रकृया आरम्भ गर्न सक्ने कानुनी प्रावधान समेतको प्रबन्ध गरिसकेको पालिका अध्यक्ष लिम्बूले बताएका छन्।

प्रकाशित: ५ चैत्र २०८१ १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App