१ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगरस्थित आरोहण गुरुकुलमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण चलिरहेको छ।

बालकृष्ण पोखरेल नाटक घरमा ‘नीलाम्बरको आकाशयुद्ध’ नामक नाटक मञ्चन गर्दै महोत्सव सुरु भएको हो।

नाटकमा मानवीय अस्तित्वको खोजी मूल कथा थियो। नाटकले दर्शकलाई आफ्नो अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्दै आत्म निरीक्षण गर्न उत्साह भरेको थियो।

नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदीप दाहाल, दीक्षा चौधरी, अमिसा वाग्ले, निशान चौहान राईलगायतले अभिनय गरेका थिए। भदौ ३१ गतेसम्म हुने महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी, रंगेलीका ९ वटा विद्यालयले दैनिक एउटा नाटक मञ्चन गर्नेछन्।

ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले ‘बुद्धिमानी आमा’ मञ्चन गर्ने छ। त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले ‘छिमेकी’, आदर्श माध्यमिक विद्यालयले ‘भविष्य निर्माण’, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले ‘रङ’, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गर्ने छ।

यस्तै, नमुना विद्या मन्दिरले ‘जिम्मेवारी कसको?’, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले ‘स्मार्ट बन्द’, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गर्ने छन्। महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीले पुरस्कार प्राप्त गर्ने छन्। 

प्रकाशित: २३ भाद्र २०८१ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App