२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसईईको ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा तोकिए ६ केन्द्र

माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८० को पूरक ग्रेडवृद्धि परीक्षाका लागि ताप्लेजुङमा ६ वटा केन्द्र निर्धारण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार ग्रेडवृद्धि परीक्षा लेख्ने कूल १ हजार ५१८ परीक्षार्थीका लागि केन्द्र निर्धारण भएको हो । साधारणतर्फका १ हजार ४५९ र प्राविधिकधारतर्फका ५९ परीक्षार्थीले परीक्षा लेख्नेछन् ।  

फुङलिङ नगरपालिका वडा नं ४ स्थित भानुजन माध्यमिक विद्यालयमा १५ वटा विद्यालयका साधारणतर्फका ३१७, फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक विद्यालयमा ९ वटा विद्यालयका १३५ र फुङलिङ नगरपालिका वडा नं ३ मेदिवुङस्थित बालसुवोधिनी संस्कृत माध्यमिक विद्यालयमा १३ वटा विद्यालयका २९१ जना परीक्षार्थीले परीक्षा लेख्ने भएका छन् ।  

यस्तै मेरिङदेन गाउँपालिका वडा नं ५ थुकिमास्थित त्रिभुवन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा १० वटा विद्यालयका २४६, सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामस्थित सिनाम माध्यमिक विद्यालयमा १४ वटा विद्यालयका ३०६ र आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा ११ वटा विद्यालयका २२३ परीक्षार्थीले परीक्षा लेख्न पाउने प्रवन्ध गरिएको छ ।  

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भट्टराईका अनुसार परीक्षा केन्द्र तोकिएका विद्यालयका प्रधानाध्यापकलाई नै ग्रेडबृद्धि परीक्षाको केन्द्राध्यक्ष तोक्ने गरी निर्णय भएको छ । साधारणतर्फका १ हजार ६ सय ९६ र प्राविधिकधारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय २२ जनाले ताप्लेजुङबाट एसईई परीक्षा लेखेकोमा ३ सय ४ जनाले बिभिन्न ग्रेड प्राप्त गरेका थिए भने १ हजार ५ सय १८ जना नन्ग्रेडमा परेका थिए ।  

 

प्रकाशित: १० श्रावण २०८१ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App