२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक

माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया सुरु गरेको छ। साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक सूचना निकालेर दरखास्त आह्वान पनि गरेको छ।

गाउँपालिकाले आधारभूत तह ९१–५० का लागि १८, आधारभूत तह ९६–८०का लागि १० र माध्यमिक तह ९९–११०का लागि चारजना र माध्यमिक तह ९११–१२०का लागि छ गरी ३८ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो।

विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुति तथा प्रधानाध्यापक छनोट मापदण्डअनुसारको अङ्कका आधारमा विद्यालयमा प्रअ छनोट गरिने सूचनामा जनाइएको छ। प्रधानाध्यापक छनोटका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन पनि भएको छ। रासस

प्रकाशित: ९ श्रावण २०८१ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App