१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
शिक्षा

मिडभ्याली कलेजले ७७ जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने

भक्तपुरको नयाँथिमिमा रहेको मिडभ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।

कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रत्येक जिल्लाका उत्कृष्ट १-१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृत्तिसमेत दिने घोषणा गरेको हो ।

एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिडभ्याली ग्रान्ड टपर्स छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको हो।

जसमा प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट उत्कृष्ट १-१ जना छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ।

प्रकाशित: २५ असार २०८१ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App