१६ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

जुमबाटै प्लम्बिङ शिक्षा

यस्ताे पनि!

घरमा बिग्रेका केही सानातिना प्राविधिक कामहरू गर्न अचेल अनलाइनमा ठेगाना खोज्ने चलन नेपालमा बढेको छ। केही अनलाइन प्लम्बर पनि छन्, जसलाई फोन गरेपछि उनीहरू तपाईंको घरसम्म आएर प्लम्बिङको काम गरिदिन्छन्।

अमेरिकाको टेक्सस राज्यमा भने अचेल एउटा यस्तै तर बेग्लै किसिमको बिजनेस चल्तीमा रहेको छ। तपाईंलाई जुममार्फत प्लम्बिङ सिकाएबापत तीन डलर लिन्छन्।

कुनै व्यक्ति घरसम्मै आएर कुनै काम फत्ते गरिदिएबापत पछिल्लो समय निकै चर्को शुल्क लिन थालेपछि घरेलु काम आफैँ गर्न सर्वसाधारणहरू तम्सिन थालेका छन्। तर तम्सिएर मात्र भएन। कम्तीमा ढंगले काम पनि गर्नुपर्‍यो। त्यसका लागि अनलाइनबाटै काम सिकाएबापत टेक गुरुहरूले ‘डिआइवाई’ अर्थात् ‘डु इट योरसेल्फ’ गराउँछन्। प्रति घण्टा तीन डलरमा काम सिकाउँदा यता जसको समस्या हो, उसको समाधान पनि हुने र नयाँ काम पनि सिकिने भएकाले पछिल्लो समय यस्तो डिआइवाई लोकप्रिय हुन थालेको हो।

केहीले घण्टाको तीन डलर तिरे पनि केहीले भने २५ डलरमा वार्षिक शुल्क लिएर यस्ता काम सिकाउने विज्ञापन पनि गर्न थालेका छन्। उनीहरूले भिडियोच्याटप्रो डटकमबाट वासिङमेसिनको ढोका कसरी खोल्ने भनी सिकाउनेदेखि लिएर कसरी चलाउनेसम्म सिकाइन्छ। कतिलाई त धारा कसरी खोल्ने, पानी बन्द नभए के गर्नेजस्ता सामान्य कुरा सिकाउनु पर्दा दिक्क मान्नेहरू पनि छन्।

यसरी भिडियोमा काम सिकाउँदा कहिलेकाहीँ १५ मिनेटमा नै काम हुने त कसैको घण्टौँ पनि लाग्ने गरेको अनुभव जेसन बौडरको छ। उनी भन्छन्, ‘हाम्रा ग्राहकहरू के गर्न सक्छन् र के सक्दैनन् भन्न मुस्किल छ। कहिलेकाहीँ उनीहरूले सामान्य काम पनि गर्न सक्दैनन्, कहिलेकाहीँ जटिल कुरा पनि तुरुन्त बुझ्छन्।’

कहिले त ग्राहकहरू कुनै कामलाई यस्तो मान्छन् कि मानौँ उनीहरू बम डिफ्युज गर्दैछन्! तिनको व्यवहार हेर्दा इलेक्ट्रिसियन रोबिन क्रुस्कोललाई त यति पटमूर्खहरू पनि मान्छे फेला पर्दा रहेछन् भन्ने लागिरहन्छ। रोबिनलाई त भारतदेखि युरोपसम्मका कलहरू आउने गरेका छन्। यसका लागि अहिले भिडियोच्याटप्रो निकै लोकप्रिय भइरहेको छ।

घरैबाट गरिने कामको गाईजात्रा त कुन बेला हुन्छ भने, हालै जुली फक्स छोराको विद्यालय गएर अवार्ड हातमा के लिएकी थिइन्। त्यही बेला ग्राहकको भिडियो कल आयो। हातमा रहेको अवार्ड र टोपी लगाएरै उनले ग्राहकको समस्या समाधान गरिदिइन्।

त्यसो त यस्ता समस्याहरू फोनबाटै ट्युटोरियल नगरिने होइनन्। कयौँ त्यस्ता सेवा प्रदायकहरू छन् तर भिडियोबाट नै तपार्इंको काम हेरिकन समस्या समाधान गरिदिने विधि चाहिँ पछिल्लो समय निकै लोकप्रिय हुन थालेको हो। 

प्रकाशित: १४ असार २०८१ ०८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App