९ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

आकर्षक बन्दै सामुदायिक विद्यालयका बालकक्षा

तस्विर: सिन्धुलीको दुधौली नगरपालिका-३ झुगा विद्यालयको बालकक्षा।

सानो भवन। थोरै कक्षाकोठा तर चिटिक्क छ आधारभुत विद्यालय झुगा। विद्यालय भवनको बाहिर शैक्षिक सामाग्री झल्कने भित्ते लेखन प्रशस्तै छ। बालकक्षा तथा कक्षा एकदेखि तीनसम्मै विद्यार्थीमैत्री कक्षाकोठा व्यवस्थापन गरिएको छ। अझ बालकक्षाको व्यवस्थापन हेर्दा कुनै शहरी क्षेत्रको भन्दा कम छैन। दनुवारी समुदायको बिचमा रहेको विद्यालयमा निम्न आय भएका अभिभावकहरुले आफ्ना बालबालिकालाई पढाउने गरेका छन्।

पछिल्लो समय सिन्धुलीका सामुदायिक विद्यालयहका बालकक्षा व्यवस्थित बन्न थालेका छन्। बालबालिकाहरुलाई आवश्यक शैक्षिक सामाग्री सहित कक्षाकोठा झिलिमिली बनाउन विद्यालयहरु जुटेका छन्। यहाँको दुधौली नगरपालिका-३ झुगामा रहेको आधारभुत विद्यालय झुगाको बालकक्षाभित्र पस्दा बालबालिकाको मनै प्रफुल्ल हुने गरी शैक्षिक सामाग्रीले सजाइएको छ। प्लान नेपालसँगको साझेदारीमा यहाँको ह्याण्डस नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा विद्यालयको बालकक्षालाई हेर्न सुन्न र खेल्दै पढ्ने वातावरण सहित सजाईपछि बालबालिकाहरु खुसी हुन थालेका छन्।

विभिन्न संघस्थाको साझेदारीमा दनुवारी समुदायकाबिचमा रहेको विद्यालयका बालबालिकालाई स्कुलमा प्रफुल्लित बनाउन निकै कसर गर्नु परेको विद्यालयका प्रधानध्यापक मेघबहादुर कार्की बताउछन्। ‘यहाँ जनचेतनाको कमी भएको ठाँउ हो, बालबालिकाहरुलाई स्कुलमा टिकाउन निकै मुस्किल थियो, अहिले यहाँका कक्षाकोठा व्यवस्थापन र विद्यालयको नियमअनुसार विद्यार्थी आकर्षित हुदै गएका छन्, उनले भने, ‘हामीले पहिलाको तुलनामा निकै सुधार गरेका छौ। सहज र उपयुक्तबसाई व्यवस्थापनले बालकक्षामै शिक्षण सिकाई क्रियाकलापमा सहयोग पुगेको छ। स्मार्ट टिभीले विद्यार्थीहरुलाई प्रत्यक्ष देखेर सिक्ने वातावरण कोठामा, शैक्षिक सामाग्रीको व्यवस्थापन राम्रो छ, त्यसैले बालकक्षा व्यवस्थित बनाएका हौ,’ उनी भन्छन्।

उसो त बालकक्षा व्यवस्थापनको मापदण्ड नै छ। बालकक्षामा बालबालिकाहरुको बसाई व्यवस्थापन चिसो नलाग्ने गरी व्यवस्थित हुनुपर्ने, बसेर राउन्ड टेबलमा पढ्न सक्ने गरी टेबलको व्यवस्थापन हुनुपर्ने, सिकाई कर्नरको व्यवस्थापन हुनुपर्ने लगायतका मापदण्ड नेपाल सरकारले नै बनाएको शिक्षाविकास तथा समन्वय इकाई प्रमुख निर्मल घिमिरे बताउँछन्। 

जिल्लामा ५ सय ४७ सामुदायिक विद्यालय छन्,उनले भने,‘बालकक्षा व्यवस्थित हुनुपर्ने मापदण्ड छ तर कुन विद्यालयको कस्तो छ भन्ने हामीलाई एकिन हुदैन, पालिकाले व्यवस्थापन गर्ने हो,हामीसँग त्यो तथ्याङक छैन।’

बालकक्षाको व्यवस्थापनसँगै बालबालिका कक्षाकोठा आउन उत्सुक हुने गरेको विद्यालयले जनाएको छ।

प्रकाशित: २ असार २०८१ ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App