१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

सटर खाली गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार महानगरपालिकाले बानेश्वरस्थित  रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गर्न निर्देशन दिएको हो । सात दिन भित्र व्यावसायिक प्रयोजनका सटरहरू खाली  नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ । अनुगमनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए 

। उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरूका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताए।

महानगरले आइतबारबाट यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरूलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।

प्रकाशित: २८ जेष्ठ २०८१ १७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App