२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

तपाईंको आजको राशिफल

मेष राशिः ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ। सामान्य कर्ण स्वास्थ्य समस्या देखा पर्न सक्ने छ। पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

वृष राशिः नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ। सहयोग नलिई आफै कार्य गर्नु होला। पठन, लेखनमा रुची बढ्ने छ। कार्य क्षेत्रमा प्रभुत्व बढाउन केही सफल भइने छ। दाम्पत्य व्यापार व्यवसायमा मध्यम देखिन्छ।

मिथुन राशिः अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। धातुसम्वन्धी व्यवसायमा केही धन व्यय हुने समय छ। आफ्ना अग्रजमा सामान्य स्वास्थ्य देखा पर्ने छ। लगानीबाट उचित लाभ प्राप्त हुने छ।

कर्कट राशिः पराक्रमबाट कार्यसिद्धि हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। साथीभाइसँग रमाईलो संयोग हुने छ। पढाईमा कार्यसिद्धि योग छ। वैदेशिक यात्राको समय देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा प्रशंसा प्राप्तिको समय छ। सामान्य कर्ण समस्या देखिन सक्छ। पढाइको क्षेत्रमा थोरै बाधा छ। विलासी कार्यमा प्रवेश नगरी, विचार पुर्याउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।

कन्या राशिः सरकारी काम प्राप्त हुने योग छ। व्यवसायमा लगानी गरेमा फल प्राप्त हुने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य उदर समस्या देखा पर्न सक्छ। वस्र उद्योगमा सहकार्य गर्दा राम्रो हुन्छ।

तुला राशिः कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। वैदेशिक व्यापार गर्नेहरुलाई दिन राम्रो छ। बिलासी कार्यमा रुची नलिनु होला। नवीन कार्यसिद्धिमा हल्का बाधा छ। आर्थिक लाभ हुने दिन छ।

वृश्चिक राशिः अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। बिलासी खानपानमा रुची नगर्नु वेस हुन्छ। भूमिसम्वन्धी काममा फल प्राप्तिको योग छ। हल्का बाथ रोग देखापर्न सक्ने छ। धार्मिक सेवा कार्यमा सम्मान मिल्ने दिन छ।

धनु राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। बाहिर कार्यमा सामान्य व्यय हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

मकर राशिः व्यापारमा फल प्राप्त हुने छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। केहि व्यक्तिहरुबाट सामान्य अर्थ व्यय छ। उन्नति प्रगतिमा केही बाधा हुने दिन छ । विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ।

कुम्भ राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु ठीक छ। स्वदेश यात्राको योग रहेको छ। भेटघाटमा सहभागी हुनुपर्ने छ। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ।

मीन राशिः बाणी सफल हुने समय छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने दिन छ।

प्रकाशित: १५ जेष्ठ २०८१ ०६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App