२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

आयोगले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा विज्ञापन नं.७/८०/८१ प्राथमिक तह, द्वितीय श्रेणीको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशित गरेको हो।

आयोगले यहि चैत १३ र १४ गते सञ्चाल नभएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कका आधारमा सम्बन्धित जिल्लाहरूमा नियुक्ति सिफारिसका लागि आयोगको यहि चैत १७ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको जनाएको छ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटमा गएर नतिजा प्रकाशित भएको मितिबाट ७ दिनसम्म हेर्न पाउने आयोगले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०८० ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App