७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

जनकले छाप्यो १ करोड २५ लाख थान पुस्तक, २५ लाख मात्र बाँकी

जनक शिक्षा सामग्री केन्द्रले हालसम्म एक करोड २५ लाख पुस्तक छापिसकेको बताएको छ। सरकारले अगामी शैक्षिक सत्रका लागि यस पटक केन्द्रलाई कक्षा ५ देखि १२ लाखसम्मको एक करोड ५० लाख थान किताब छाप्ने जिम्मेवारी दिएको थियो। त्यसमध्ये १ करोड २५ लाख थान पुस्तक छापिसकेको छ।

छपाइबारे अनुगमन गर्न बुधबार केन्द्र पुगेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनकको किताबको छपाइ, स्टक र कागज देखेर अगामी शैक्षिक सत्रमा नयाँ विद्यार्थी भर्ना अगावै विद्यालय तहमा विद्यार्थीको हात हातमा पुस्तक पुग्ने ढुक्क बनेर फर्केको छ।

केन्द्रका प्रवक्ता रवीन्द्रकुमार शर्माका अनुसार अगामी वर्षका लागि सरकारले यस पटक कक्षाको पनि पुस्तक छपाइको थप जिम्मेवारी दिएको थियो। गत वर्ष जनकले कक्षा ६ देखि १२ र निजी प्रकाशन गृहले कक्षा १ देखि ५ सम्मको पुस्तक छपाइको जिम्मेवारी पाएको थियो भने यस पटक निजीले कक्षा १ देखि ४ सम्मको मात्र पुस्तक छपाइको जिम्मेवारी पाएको छ। प्रवक्ता शर्माका अनुसार जनकको दैनिक पुस्तक छपाइ क्षमता चार मेसिनको एक लाख थान रहेको छ।

‘फागुन पहिलो सातासम्म पुस्तक छपाइको काम सकिन्छ। फागुन अन्तिम सातासम्म बिक्रेता नवीकरण र सूचीकृत गर्ने कार्य सम्पन्न गर्ने तयारी छ,’ शर्माले दाबी गरे, ‘जनक र निजीको कुल बिक्रेता देशभर एक हजार दुई सय ६० छन्। यस कारण अब पाठ्यक्रमले निजीको सूचीकृत गर्ने काम समयमै सम्पन्न गर्नु पर्ने आवश्यक छ। जनकले भने, 'समयमै विद्यार्थीको हातमा विद्यालयमा पुस्तक पु¥याउँछ ।’

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनकको पुस्तक छपाइ सन्तोषजनक रहे पनि गुणस्तर सुधार गर्नुपर्ने सुझाएका थिए। ‘पुस्तक छपाइको गुणस्तरमा सुधार गर्नु पर्ने देखिन्छ। अन्य नीतिगत विषयहरूमा हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक छ,’ सदस्य भट्टले भने ‘छापिएको पाठ्यपुस्तक सुरक्षित राख्नुस् र कागज खेर जान नदिनुस्।’

समितिले समयमै सबै जिल्लाहरूमा पुस्तक पठाउनसमेत निर्देशन दिएको छ। उता पाठ्यक्रम विकास केन्द्रले पनि माघ ५ गते नै १५ दिनको म्यादसहित निजी प्रशासन गृहहरूको हकमा सूचीकृत हुन आवेदन माग गरेको छ।

प्रकाशित: १२ माघ २०८० १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App