८ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

जनक शिक्षाले ५१ करोड नाफा गर्यो

एक दशक देखि घाटामा गएको जनक शिक्षा सामग्री केन्द्र तीन वर्ष देखि नाफामा गएको छ। आर्थिक वर्ष ०७७/०७८देखि हालसम्म ५१ करोड मुनाफा भएको जनक शिक्षा मामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले जानकारी दिएका छन्।

विगतमा विद्यालय स्तरको पुस्तक छपाइमा प्राथमिकता दिँदै आएको केन्द्रले अहिले मतपत्र, प्रश्न पत्र, उत्तर पुस्तिका, अन्तःशुल्क स्टिकर, यातायात कार्यालयका बिल, सवारी लाइसेन्स लगायतका सामग्री छाप्ने जिम्मेवारी पाएपछि मुनाफामा गएको प्रबन्ध निर्देशक झाले बताए।  

थप जिम्मेवारी सहित व्यापार बढेकाले जनक शिक्षा सामग्री केन्द्रले चार कलर छपाई गर्ने तीन वटा आधुनिक मेसिन थपेको झाले  जानकारी दिए।अहिले केन्द्रको दैनिक डेढ लाख छपाई उत्पादन क्षमता रहेको छ।

जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रवीन्द्र कुमार शर्माका अनुसार  संस्थाले कमाएको मुनाफाले नयाँ तीन वटा मेसिन किनेर व्यापार बढाएको हो। मुनाफा कमाउन थाले पछि केन्द्रले विगतका ऋणका ब्याज समेत तिर्दै गएको शर्माले बताए। उत्पादन बढेकै कारण चालु शैक्षिक सत्रमा विद्यालय स्तरको पाठ्यपुस्तक समयमै विद्यालयमा पुराउन सकेको उनले जानकारी दिए। 

प्रकाशित: ५ पुस २०८० ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App