१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

श्रीमान विव्यसको अध्यक्ष र श्रीमती प्रअ, ६४ लाख 'हिनामिना'

जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालयमा अनियमितता भएको पाइएको छ। श्रीमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र श्रीमति प्रधानाध्यापक बनेपछि मनलाग्दी विद्यालयमा अनियमिता गरेको खुलासा भएको हो।

आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/२०७९ सम्म विद्यालयमा व्यापक अनियमितता भएको खुलेको छ। विद्यालयका प्रधानाध्यापक जयाकुमारी देवकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर शाहीले ५ वर्षको अवधिमा ६४ लाख अनियमितता गरेको खुलेको हो। विद्यालयको ५ वर्षको अवधिको सामाजिक परीक्षण गर्दा ६४ लाख हिनामिना भएको पाइएको छ।

विद्यालयको रकम हिनामिना गरेको भन्दै विद्यालयका प्रधानाध्यापक देवकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीविरुद्ध जिल्ला प्रशासन कार्यालय कालीकोटमा उजुरी समेत परेको छ। विद्यालयमा भएको अनियमितताको विषयमा स्थानीय अभिभावकहरूले पटक पटक आन्दोलन समेत गरेका थिए। २०७९ साल चैत्र १३ गतेका दिन समाजको नेतृत्व गर्दै सामाजिक परीक्षण प्राविधिक तथा उपसमिति संयोजक नवराज संज्यालले लेखा परिक्षण प्रतिवेदन सहित जिल्ला प्रशासन कार्यालय कालीकोटमा उजुरी समेत गरेका थिए।

उजुरीमा प्रशासनले एक पटक कागजपत्र ल्याउन पत्रचार गरे पनी देबकोटाले सुनुवाइ नगरेकोले प्रशासनले हालसम्म छानबिन सुरु नगरेको देखिन्छ। त्यसबारे छानबिन गर्न अन्यथा उजुरी अख्तियार तिर बढाउन प्रशासनलाइ त्यहाका शैक्षीक सरोकारवालले दवाव दिइरहेका छन्। २०७४ साल देखि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका खगेन्द्र बहादुर शाही र उनकै दोस्री श्रीमती रहेकी पन्चदेवल मावि सान्नीत्रीवेणीकी प्रधानाध्यापक जया कुमारी देबकोटाको मिलेमतोमा ६४ लाख बढी रकम हिनामिना भएको देखिन्छ।

२०७४ साल देखि पन्चदेवल प्राविधिक विद्यालयको नाममा प्रति वर्ष संघिय सरकारबाट प्राप्त हुने १७ लाख देखि ३० लाखसम्म बजेटको हालसम्म पनि उक्त रकम विद्यार्थीले नपाएको, छात्रवृत्ति र दीवा खाजा रकममा मनपरि गरेको, विज्ञान प्रयोगशालाको रकममा मनपरी गरेको, शिक्षक अशोकानन्द चौधरीलाई २०७४ पुस १२ गते नियुत्ति गरी २०७४ साल असोज एक गतेदेखि तलव खुवाएको, शिक्षक दिनेश यादव र उपेन्द्र कुमार चौधरीले २०७४ साल मंसिर १२ गते राजीनामा दिएको र उनीहरुको नामबाट २०७४ साल मंसिर १ गतेदेखि २०७४ साल फागुन ३० गतेसम्म कृत्ते हाजिरी गरी तलव लिएको पाइएको छ।

त्यस्तै रसायन विज्ञानको शिक्षकको रुपमा महेश चौधरीका कागजात पेश गरी बैतडीका राजेश भट्टलाई तलव खुवाएको देखाएको, पुस्तकालयका लागि आउने ६ लाख हिनामिना गरेको, विद्यालयको खाताबाट २०७५ असार २० गते ११ लाख ४२ हजार ६ सय ८२ सोही मितिमा १६ लाख ८९ हजार २ सय ८८ रुपैया झिकेको, २०७५ साल साउन २० गते ११ लाख ७८ हजार ४ सय ८० रुपैया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रबहादुर शाहीको व्यक्तिगत खातामा जम्मा गरि रकम अनियमितता गरेको उजुरीमा उल्लेख छ।

२०७९ भाद्र २४ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले छानबिन गरी प्रतिबेदन तयारीका लागी हालका वडा अध्यक्ष समेत रहेका नहकुल सन्ज्यालको नेतृत्वमा एक समिति गठन गरी प्रतिबेदन तयारी गरीएको हो। प्रतिवेदनमा आएको कुरा सवै सत्य भएको सामाजिक परिक्षण समितिका संयोजक नहकुल संज्यालले जानकारी दिए।

यता विद्यालयका तत्कालीन प्राधानाध्यापक देवकोटाले समाजिक लेखा परीक्षण पूर्वाग्रही ढङ्गले गरेको दावी गरिन्। उनले आफू सुत्केरी बिदामा रहेको बेला विद्यालयका लेखापाल र वडाध्यक्षले पूर्वाग्रही ढङ्गले सामाजिक लेखापरिक्षण गरी आफूलाई फसाउन खोजिएको बताईन्। अख्तियारबाट पनि आफुले सामाजिक लेखापरीक्षण पछि लागेको आरोपमा सफाई पाईसकेको देवकोटाको भनाइ छ। समितिले प्रतिवेदन सार्वजनीक गर्न आयोजना गरिएको सार्वजनीक सुनुवाई समेत स्थगित भएको थियो।

प्रकाशित: ५ पुस २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App