२५ आश्विन २०८३ आइतबार
image/svg+xml
शिक्षा

कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ। रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौंमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ।  

काठमाडौं महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डङ्गोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीसँग आत्मिय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरे। नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए।

उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा छैनन्। केहीका बुवा आमामध्ये एक जना छन्। कसैका दुवै छैनन्। विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ। आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्‍याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ।

विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ, भन्ने होइन। परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिए।

प्रकाशित: २६ भाद्र २०८३ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App