६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

अल्फबिटा अष्ट्रेलिया एजुकेशन फेयर २०२३ विद्यार्थीका लागि उपलब्धी

अल्फाबिटा अष्ट्रेलिया एजुकेशन फेयर २०२३ उपलब्धीमुलक बनेको विद्यार्थीहरुले बताएका छन्।

नेपालको लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले उद्घाटन गरेको एडुकेशन फेयर २०२३ मा  विद्यार्थीलाई एउटै छातामुनि अष्ट्रेलियको उच्च शिक्षा अध्ययनको विषयबस्तुबारे  समग्र ज्ञान उपलब्ध गराइएको थियो।

नेपालको अग्रणी शैक्षिक परामर्शदातृ निकायको रुपमा परिचित अल्फा बिटाले, अल्फा बिटा अष्ट्रेलिया एजुकेशन फेयेरमा विद्यार्थीलाई अष्ट्रेलिया विभिन्न शैक्षिक निकायले उपलब्ध गराउने शिक्षा, विषय, कोर्ष, छात्रावृत्ति, शुल्क लगाएतका समग्र ज्ञान उपलब्ध गराएको थियो। शैक्षिक मेलामा अष्ट्रेलियाका प्रतिष्ठित शैक्षिक संस्थाहरुको उपस्थित रहेको थियो।

उक्त एजुकेशन मेलाले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई आंशिकदेखि शतप्रतिशत सम्म छात्रावृत्तिको ब्यवस्था गरेको थियो। यो कार्यक्रमले अस्ट्रेलियामा अध्ययन गर्ने सपना बोकेका इच्छुक विद्यार्थीहरूलाई सुनौलो अवसर प्रदान गरेको अल्फाबिटाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।  

प्रकाशित: २६ श्रावण २०८० ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App