१७ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

शिक्षा सम्बन्धी विधेयक संशोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक २०८० संशोधन नगरे साउन २८ गतेदेखि सम्पूर्ण निजी विद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रने निजी विद्यालयका संगठनहरुले चेतावनी दिएका छन्।

हिसान, प्याब्सन, एनप्याब्सन प्रदेश र जिल्लाका पदाधिकारीहरुले संयुक्त रुपमा बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शिक्षा विधेयक संशोधन नभए साउन २८ गतेदेखि निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन्।

सरकारले ल्याउन लागेको विधेयकमा शैक्षिक क्षेत्रलाई गुठीमा लैजाने कानुनी प्रावधान सच्चाउनु पर्ने उनीहरुले माग गरेका छन्। उनीहरुले पत्रकार सम्मेलन नै शिक्षा विधेयकविरुद्धको आन्दोलनको सुरुवात भएको बताए।

निजी विद्यालयका संगठनहरुले संयुक्त रुपमा पालिकामा ज्ञापन पत्र बुझाउने, मस्यौदाको विरोध गर्ने, अनिश्चितकालीन विद्यालय बन्द, विद्यालयका सवारीसाधनहरु सार्वजनिक स्थलमा पार्किङ गरिने जानकारी दिए।

उनीहरुले विद्यालयलाई कम्पनीबाट पुनः गुठीमा लैजाने ऐन सार्वजनिक हुने प्रक्रियामा रहेको हुँदा त्यसले शैक्षिक क्षेत्रमा समस्या उत्पन्न गराउने बताएका थिए। प्रस्तावित विधेयक सरोकारवाला निकायसँग छलफल नगरी एकलौटी ढंगबाट शिक्षा मन्त्रालयले मन्त्रीपरिषद्मा पेश गरेको आरोप लगाएका छन्।

५२ वर्षअघि जारी भएको शिक्षा ऐन विस्थापित हुने गरी सरकारले विद्यालय शिक्षा सम्बन्धी विधेयक अघि बढाएको छ। निजी लगानीमा सञ्चालन हुँदै आएको संस्थाहरुलाई धराशायी हुने गरी विधेयक ल्याउन लागिएको छ। 

उनीहरुले कानुन निर्माण गरिनु सुखद पक्ष भए पनि सरोकारवाला निकायसँग छलफल नगर्ने, भावना बुझ्ने काम सरकारले नगरेको हुँदा दुःख लागेको बताए।

प्रकाशित: २४ श्रावण २०८० १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App