९ चैत्र २०८२ सोमबार
image/svg+xml
शिक्षा

गत वर्षको तुलनामा यस वर्षको एसइई नतिजा राम्रो

फाइल तस्बिर।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

बिहीबार बसेको बोर्ड बैठकले पत्रकार सम्मेलन गरेर नजिता सार्वजनिक गरेको हो। सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रमले गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको जानकारी दिए।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यस वर्ष २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्। त्यस्तै ३.२० देखि ३.६० सम्म जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ।

बोर्डले सार्वजनिक गरेको नतिजामा २.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको उल्लेख छ।

२.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेका छ। भने २.०० देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले  जनाएकाे छ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो। 

परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका थिए। प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। 

प्रकाशित: २१ असार २०८० १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App