२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा अनिश्चित

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेपछि परीक्षा प्रभावित भएको छ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने लगायत विश्वविद्यालयमा देखिएका समस्याको हल र सुधारका विभिन्न माग राख्दै पुसदेखि निरन्तर रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको थिए।

विश्वविद्यालयले विद्यार्थी संगठनको माग सम्बोधन नगरी जबरजस्ती काम गरेको भन्दै जेठ २८ गते विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिदिएका थिए।

विद्यार्थी संगठनको तालाबन्दीका कारण जेठ ३२ को इन्जिनियरिङ, असार ३ मा हुने साइन्स एण्ड टेक्नोलोजी, असार ८ मा हुने मेडिकल शिक्षा र असार १० मा हुने व्यवस्थापन संकायको परीक्षा अनिश्चितका लागि स्थागित भएको  भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रक बालेन्दु हमालका अनुसार हाल परीक्षा भइरहेका बाहेक जेठ ३२ गतेदेखि हुने भनिएको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। परीक्षा नियन्त्रण कार्यालयमा लगाइएको तालाबन्दी खुलेपछि मात्रै परीक्षाका कार्यक्रम सार्वजनिक गर्ने हमालले बताए।

सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेविसंघका विद्यार्थीहरुले उनकै क्वाटर इटहरीस्थित आँपगाछीमा गएर जेठ २९ गते कालोमोसो दलेका थिए। विद्यार्थीहरुले उठाएका माग सम्बोधन नगरी सेवा आयोगका अध्यक्षले कार्यालयमा गरिएको तालाबन्दी फोडेर मनोमानी गर्न खोजे भन्दै उनीहरुले चेतावनी स्वरुप कालोमासो दलेको विद्यार्थी नेताहरुले बताए।

दाहाललाई कालो मोसो दलेको आरोपमा सुनसरी प्रहरीले नेपाल विद्यार्थी संघ मोरङ सभापति सरोज पोखरेललाई पक्राउ गरी अनुसन्धान थालेको छ। सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालका अनुसार सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालोमोसो दलेको आरोपमा पक्राउ गरेको हो।

घटनामा पक्राउ परेका पोखरेलको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै, एसपी ढकालले भने, ‘उनको संलग्नता कस्तो रहेको छ। घटनास्थलमै पुगेर वा बाहिर बसेर घटनामा सहयोग गरेको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं। पक्राउ परेका पोखरेलविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएको छ।’ पक्राउ परेका पोखरेल हाजिरीजवानीमा छुटेका छन्।  

प्रकाशित: ३२ जेष्ठ २०८० १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App