२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

आफ्नो विद्यालयको लागि विद्यार्थी आफैँले बनाए 'सफ्टवेयर'

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्वर ८ मा रहेको सरस्वती मा.वि भिटाले स्कुल सफ्टवेयर उद्धघाटन गरेको छ। गाउँपालिकाको सरस्वती मा.वि.मा ३ वर्षिय डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको उक्त स्कुल सफ्टवेयर उद्धघाटन गरिएको हो।

पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको उपस्थितिमा शुक्रवार सफ्टवेयरको उद्धघाटन गरीएको विद्यालयका शिक्षक अमर शाहीले जानकारी दिए। उनले भने ‘विद्यालयमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु र शिक्षकहरुले १५ दिन लगाएर निर्माण गरेका हुन् । विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई विद्यालय पोषाक समेत वितरण गरिएको छ।’

असल संस्कार सहितको गुणस्तरीय तथा प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नाराकालाई कार्यन्वयनगर्न विद्यालयले विभिन्न गतिबिधिहरु सञ्चालनगर्दै आएको छ।

स्कुल सफ्टवेयर मार्फत शिक्षक विद्यार्थीहरुको विवरण,कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको रेकर्ड, मार्किङ परिक्षा प्रा।ली, स्वमूल्याङकन,रिजल्ट, विद्यार्थी शिक्षकको विवरण, शिक्षकहरुको नियमित हाजिरी, विद्यालय व्यवास्थापन, लेखाजोखा प्रर्णाली, खर्च विवरण, जुनुसुकै समयमा सहजै उपलब्ध गराउन सकिने विद्यालय व्यवास्थापन समितिमा अध्यक्ष कुशल बहादुर शाहीले बताए।  

उनले भने ‘उनले दुर्गम क्षेत्रमा डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ कक्षा संञ्चालनले कालिकोट, दैलेख, अछाम र जुम्लाका विद्यार्थीहरुलाई डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्न सहज भएको बताए।’

स्कुल सफ्टवेयर उद्धघाटन कायक्रममा बोल्दै पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले जिल्लाको निर्वाचन क्षेत्र न. ख को सरस्वती मा.वी भिटाको डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ विद्यालयमा नमुना युक्त ल्यावको लागी व्यबस्थापन गर्ने बताए।

२०७६ सालबाट पठनपाठन संञ्चालन गरेको उक्त विद्यालयमा अहिले ३५ जना विद्यार्थीहरु नियमित रुपमा अध्यायन गरीरहेका छन्। यो विद्यालय कर्णाली प्रदेशको दोस्रो डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पठनपाठन गर्ने विद्यालय भएको जनाएको छ।

विद्यालयमा स्कुल सफ्टवेयर संञ्चालनमा आएपछि डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुलाई सहजता थपिएको छ। विद्यालयको डाटा, विवरण माग्ने नागरीकलाई सहजै विवरण उपलब्ध गराउन छिटो र छरिटो हुने विश्वास विद्यालयको छ।

साथै सरस्वती मा.वि विद्यालयले आफ्नै वेबसाइट निर्माण गरेको छ। विद्यालयको नामबाट उक्त वेबसाइट निर्माण गरेर सञ्चालनमा ल्याएको हो। वेबसाइट मार्फत विद्यालयको सबै विवरण,सार्वजनीक लेखा परिक्षणलगाएका गतिबिधि वेबसाइटबाट जुनसुकै ठाउँबाट हेर्न सकिने शिक्षक युवराज शाहीले जानकारी दिए।

तस्विर ः डिप्लोमा ईन कम्प्युटर ईन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले गरेको विद्यालयमा स्कुल सफ्टवेयर उद्धघाटन कार्यक्रम ।

प्रकाशित: २७ जेष्ठ २०८० ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App