२६ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

अत्यधिक गर्मीका कारण सुनसरी, मोरङ र झापाका विद्यालयमा बिदा

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालय धमाधम बिदा दिन थालिएको छ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ देखि जेठ २४ सम्म एक साताका लागि बिदा दिने निर्णय गरि सकेको छ। उक्त बिदा बर्खे बिदामा मिलान गरिने उल्लेख छ।

इटहरी उपमहानगरपालिकामा पनि बिहीबार र शुक्रबार विद्यालय बिदा दिइएकोमा थप चार दिन बिदा थपेको छ। शनिबार एक सूचना जारी गरि जेठ २१ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने उल्लेख छ।

अत्यधिक गर्मीले गर्दा ‘लु’ को सम्भावना रहेकाले गर्दा बालबालिकालाई जोगाउन विद्यालय बन्द गरेको उपमहानगरपालिकाले जनाएको छ। इटहरी क्षेत्रमा कक्षा ११ को परीक्षा भने चलिरहेको छ। परीक्षा भने नियमित रुपमा चल्नेछ।

सुनसरी इनरुवाका सामुदायिक र संस्थागत विद्यालय पनि जेठ १८ गतेदेखि २४ गते सम्मका लागि बिदा दिइएको छ। भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण जेठ १८ गते देखि २३ गतेसम्मका लागि बिदा दिइएको छ।

बिर्तामोड नगरपालिकामा जेठ १९ गतेदेखि २१ गतेसम्म बिदा दिइएको छ। कचनकवल गाउँपालिकामा भने जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिइएको छ।

प्रकाशित: २० जेष्ठ २०८० १४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App