७ वैशाख २०८१ शुक्रबार
शिक्षा

अत्याधिक गर्मी भएपछि पूर्वी तराईंका विद्यालय धमाधम बन्द

केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालयमा धमाधम विदा दिन थालिएको छ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ बिहीबार देखि जेठ २४ सम्म एकसाताका लागि बिदा दिने निर्णय गरेको छ।

उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा नगर प्रमुख स्तरिय निर्णय अनुसार विदा दिइएको जनाइएको छ। उक्त विदा वर्खे बिदामा मिलान गरिने उल्लेख छ। इटहरी उपमहानगरपालिकामा पनि बिहीबार र शुक्रबार विद्यालय विदा दिइएको छ।

सुनसरी इनरुवाका सामुदायिक र संस्थागत विद्यालय पनि जेठ १८ गतेदेखि २४ गते सम्मका लागि विदा दिइएको छ। भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण जेठ १८ गते देखि २३ गतेसम्मका लागि विदा दिइएको छ।  

गर्मीले गर्दा विराटनगर महानगरपालिकामा जेठ १८ र १९ गते विदा दिइएको छ। जेठ २० गते भने शनिबार परेकाले गर्दा विद्यालय आइतबारबाट मात्र सञ्चालन हुने छन्।

उता, झापाको दमक, विर्तामोड र कचनकवल गाउँपालिकामा पनि विद्यालय विदा गरिएको छ। दमक नगरपालिका क्षेत्रभित्र जेठ १८ र १९ गते दुई दिनका लागि विद्यालय विदा दिइएको छ। यस्तै, विर्तामोड नगरपालिकामा जेठ १९ गतेदेखि २१ गतेसम्म विदा दिइएको छ। कचनकवल गाउँपालिकामा भने जेठ १८ गतेदेखि २२ गतेसम्म विदा दिइएको छ।  

प्रकाशित: १८ जेष्ठ २०८० ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App