८ वैशाख २०८१ शनिबार
शिक्षा

विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्कमल दाहालले विश्वविद्यालयलाई आविस्कार र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न जरुरी रहेको बताएका छन्।

नेपाल राष्ट्रिय प्राद्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अनुसन्धानमा आधारित मौलिक उच्च शिक्षाको आवश्यकता रहेको बताएका हुन्।

दाहालले भने, 'प्राज्ञिक क्षेत्रमा तपाईहरुले विकास र रुपान्तरणका कैयन सैद्धान्तिक र दार्शनिक पक्षको चर्चा  गर्न आवश्यक छ। विश्वका कतिपय अनुभव, सिद्धान्त र दर्शनलाई नेपाल सुहाउँदो विकास र परिवर्तनको मोडेलको खोजीका लागि विश्व विद्यालय तहमा अनुसन्धान जरुरी छ र तपाई प्राद्यापकहरु अनुसन्धानमा केन्द्रीत हुनुपर्दछ।'

शैक्षिक बेरोजगारी राष्ट्रको मूल समस्या भएको बताउँदै देशभित्रै उद्यमशील वातावणको निर्माण गरी रोजगारी सिर्जना, स्वरोजगारी र समृद्धि हासिल गर्ने उच्च शिक्षाका पाठक्रमहरु निर्माण गर्नेतर्फ प्राध्यापकहरुले ध्यान दिनुपर्ने उनले बताए।

विश्वविद्यालयहरु पठ्यक्रमहरु र पठनपाठनहरु सूचना प्रविधिमा आधारित हुँदा मात्रै यस युग सुहाउँदो जनशक्ति निर्माण गर्न सकिने दाहालले बताए।

देशमा व्यप्त संस्थागत भ्रष्टाचारले आर्थिक क्षेत्र थिलथिलो परेको बताउँदै सरकार भ्रष्टाचार निर्मुल गर्दै सुसासन कामय गर्न लागिपरेको दाहालले बताए। दाहालले मुलुकमा सुसासन कायम गर्न भ्रष्टाचार निर्मुल पार्न प्राध्यापक तथा शैक्षिक क्षेत्रको साथ  महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाई थियो।

उनले भने, 'मुलुकको अर्थतन्त्र संस्थागत भ्रष्टाचारले थिलथिलो बनेको छ। भ्रष्टाचारमुक्त सुशासन जनताको अपेक्षा हो। शैक्षिक संस्थाहरुले सदाचारको शिक्षा दिन आवश्यक छ। सुशासन र सदाचारको नमूनाको रुपमा विश्वविद्यालयहरु देखिनुपर्दछ।'

प्रकाशित: १४ जेष्ठ २०८० १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App