२२ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालयमा पुस्तकालय स्थापना

फाइल तस्वीर

स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका-३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ।

क्लबको तेह्रौं वार्षिक उत्सवको अवसरमा उक्त विद्यालयको एक कोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराएर विद्यालयलाई हस्तान्तरण गरेको हो।

उक्त वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीले पुस्तकालय उदघाटन गर्दै यसको संरक्षण र थप व्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय युनाइटेड क्लबले पोखरा महानगरपालिका-३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभुत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ।

उनले वडामा भौतिक तथा मानव विकासको आवश्यकता रहेको र सोहीअनुरूप काम गर्न आफू प्रतिबद्ध रहेको बताए।

युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले आफूहरूले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालय स्थापना गर्नु पनि सामाजिक क्षेत्रमा उदाहरणीय कार्य भएको बताए।

विद्यालयका प्रधानाध्यापक छविलाल पौडेलले महानगरपालिकाभित्र रहेर पनि यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्थामा  पुस्तकालय स्थापना गरिएकामा आभार व्यक्त गरे।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापना कालदेखि नै यस संस्थाले पोखरा महोत्सव आयोजना गरी सामाजिक, पर्यटन प्रवद्र्धन लगायत क्षेत्रमा काम गर्दै आइरहेको बताए।

युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले आफूहरूले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालय स्थापना गर्नु पनि सामाजिक क्षेत्रमा उदाहरणीय कार्य भएको बताए।

उनले युवा जोश र उत्साहका साथ क्लबले विभिन्न क्षेत्रको समस्या पहिचान गरी सहयोग पनि गर्दै आएको बताए।

क्लबका अध्यक्ष राजु श्रेष्ठले सामाजिक क्षेत्रमा क्रियाशील क्लबले एक दर्जन बढी सामुदायिक विद्यालयमा अक्षयकोष, छात्रवृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामग्री वितरण जस्ता कार्यक्रम गर्दै आइरहेको बताए।

उनले  यस विद्यालयको पुस्तकालयका लागि आवश्यक फर्निचर र विभिन्न उपयोगी पुस्तक गरेर करिब एक लाख बराबर रुपैयाँको सामग्री हस्तान्तरण गरिएको बताए। रासस

प्रकाशित: ४ वैशाख २०८० ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App