८ वैशाख २०८१ शनिबार
शिक्षा

एसइई परीक्षामा चिट चोरी गराइएको आरोपमा धनुषाबाट तीन जना पक्राउ

एसइई परीक्षा केन्द्रमा खटिएका गार्डसहित तीन जना पक्राउ परेको छ। परीक्षा कोठाबाट मोबाइलमा प्रश्न पत्रको फोटो खिची बाहिर पठाउने र सोही माध्यमबाट विद्यार्थीहरुलाई उत्तर लेख्न लगाइएको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लक्ष्मिनीयाँ गाउँपालिका सपहीस्थित रहेको बिपी कोइराला माध्यमिक विद्यालयमा परीक्षा गार्डमा खटिएका ३८ वर्षीय नागेश्वर यादव रहेको प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए। उनी जनता आधारभूत माध्यमिक बनिगमा करार शिक्षक हुन्। उनलाई बिपी कोइराला माविमा परीक्षा गार्डको रुपमा खटाइएको थियो।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित त्रिभुन आदर्श मावि केन्द्रबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनक नन्दिनी गाउँपालिका–६ एक १७ वर्षीय नाबालक र हंसपुर नगरपालिका–२ का ३१ वर्षीय सुदिप कुमार सहनी रहेको प्रहरीले जनाइएको छ।  

प्रहरीका अनुसार उनीहरु परीक्षा केन्द्रको बाहिर बसेर मोबाइलबाट विद्यार्थीलाई उत्तर पठाइरहेको पाएपछि पक्राउ परेको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।  

प्रकाशित: १७ चैत्र २०७९ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App