coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

होली मनाउन रौतहटमा एक हप्तादेखि विद्यालय बन्द

फाइल तस्बिर

होली पर्व आउनै लाग्दा रौतहटका विद्यालयहरु बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालयहरु शुक्रबार होली मनाएर विदा गरेका छन्।

यसपटक होली तिन दिन मनाइने भएको छ। सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पसहरु बन्द गरिएका छन्।

सोमबार पहाडी समुदायको होली पर्ने भएको र मंगलबार मधेशी समुदायको होली पर्ने भनिए तापनि मंगलबार ग्रामीण समुदायले होली नमान्ने चलन रहेकोले बुधवार होली मनाइँदै छ। बुधबार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा परेको र सोही दिन तराईमा होली मनाइने भएको हुनाले शुक्रबारदेखि शिक्षालयहरु संचालन आउने भएका छन्।

जिल्लाका अधिकांश सामुदायिक विद्यालय तथा क्याम्पसहरुमा शुक्रबार नै होली मनाएर तथा भोज भतेर गरेर बिहीबारसम्मको लागि बिदा दिइएको छ। केही संस्थागत विद्यालयले पनि विदा दिएका छन् भने केही संस्थागत विद्यालयले आइतवार होली मिलन समारोह गरेर बिदा दिने भएको बताइएको छ।

शिक्षालयहरु बन्द भएसँगै बजारमा होलीको सामग्री किनबेच सुरु भएको छ। केही दिनदेखि सुस्त रहेको बजारमा होलीको पर्वसँगै चहलपहल बढेको छ। 

प्रकाशित: १९ फाल्गुन २०७९ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App