१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

भीमोदय नमुना माध्यमिक विद्यालयका प्रअकाे शैक्षिक प्रमाणपत्रनै नक्कली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको कालिका नगरपालिकास्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद काडेलका विरुद्ध आरोपपत्र दायर गरेको छ।

बुधबार अयोगले काडेललाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।  

अख्तियार अनुसन्धान आयोगका अनुसार कडेलले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए।  

प्रधानाध्यापक काडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ। ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित: १८ माघ २०७९ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App