१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरमा सञ्चालनमा नआएका १०७ विद्यालय खारेजीको प्रक्रियामा

काठमाडौं महानगरपालिकाको  अनुमति लिए पनि सञ्चालनमा नआएका विद्यालयहरूलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ। महानगरको शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा सञ्चालनमा नआएका १ सय ७ वटा विद्यालयलाई १५ दिनभित्र महानगरमा सम्पर्क गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र सम्पर्कमा नआएमा ती विद्यालय खारेज गरिने चेतावनी दिइएको छ।  

शिक्षा विभागका अनुसार साउन २८ गते बसेको शिक्षा समितिको निर्णयअनुसार अनुमति प्राप्त तर तोकिएको स्थानमा नदेखिएका विद्यालयहरूको स्थलगत अनुगमन गरिएको थियो। अनुगमनपछि तयार गरिएको प्रतिवेदनका आधारमा यो प्रक्रिया अगाडि बढाइएको हो।

विभागका अनुसार  स्थलगत रूपमा सञ्चालनमा रहेका छन् भने सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र  शिक्षा विभागमा उपस्थित हुनुपर्ने बताएको छ ।

प्रकाशित: ९ पुस २०८२ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App