१ पुस २०८१ सोमबार
image/svg+xml
शिक्षा

‘सिकाइ उपलब्धिमूलक हुन सकेन’

कमजोर सिकाइका कारण बालबालिकाको शिक्षण सिकाइ उपलब्धिमूलक नभएकोमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले चिन्ता व्यक्त गरेका छन्। बालबालिकाको शिक्षामा प्राथमिक तहदेखि नै सिकाइ कमजोर बन्दै गएको र सोही व्यक्ति पछि शिक्षक बन्ने गरेकै कारण शिक्षकको परीक्षामा समेत धेरै शिक्षक फेल हुने गरेको उनले औंल्याए। उनले बालबालिकाको निरन्तर सिकाइलाई जोड दिनुका साथै सिकाइमा आधारित भएर मात्र माथिल्लो कक्षा चढाउनुपर्नेमा विद्यालयका शिक्षकहरू सचेत हुनुपर्नेमा जोड दिए।  

उनले आइतबार शिक्षा पत्रकार सञ्जालको आठौं अधिवेशनमा सम्बोधन गर्दै शिक्षकहरूको मनोबल बढाउन अन्य क्षेत्रजस्तै मासिक तलब उपलब्ध गराउनेबारे मन्त्रालयमा छलफल भइरहेको जनाए।

‘शिक्षक सेवा आयोगको नतिजा हेर्ने हो भने धेरै शिक्षकहरू फेल भएका छन्। यस्तो कमजोर शिक्षकको विद्यालयमा कमजोर सिकाइले सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन चुनौती थपिएको छ’, मन्त्री खनालले भने, ‘हालको अवस्थामा शिक्षकहरूले निरन्तर मूल्यांकनका नाममा विनासिकाइ कक्षा चढाउने प्रवृत्तिका कारण विद्यालय शिक्षा कमजोर भएको मेरो १०–१२ वर्षको शिक्षा क्षेत्रमा स्थलगत रूपमा काम गराइको अनुभवले भन्छ।’ उनले शिक्षकहरूको मनोबल बढाउन र विद्यालय तहको शिक्षण सिकाइमा गुणस्तर कायम गर्न अन्य क्षेत्रको झैं शिक्षकको तलब मासिक उपलब्ध गराउने व्यवस्थाका लागि मन्त्रालयमा छलफल भइरहेको जनाए।

‘गाउँघरतिरका बालबालिका कक्षा ८ मा पनि शुद्ध नेपाली लेख्न सक्दैनन्। अंग्रेजी, गणित र विज्ञान विषयबारे त के भन्नू ? सिकाइको अवस्था दयनीय छ’, मन्त्री खनालले चिन्ता व्यक्त गरे, ‘सबै एसईईको नतिजा राम्रो भएको विद्यार्थी र स्कुललाई मात्र अब्बल मान्ने प्रवृत्तिले तल्लो कक्षामा जोड दिएको पाइँदैन।’ उनले थपे, ‘एसईईकेन्द्रित पढाइले विद्यालय शिक्षाको सिकाइ कमजोर बन्दै गएको छ।’

उनले आगामी शैक्षिक सत्रमा विद्यार्थीका हातमा पुस्तक पु¥याउन जनक शिक्षा समाग्री केन्द्रसँग दिनहुँ पुस्तक छपाइबारे ताकेता गरिरहेको र तथ्यांकसमेत लिएको जनाए। उनी आफू एक दशक बढी समयदेखि शिक्षा क्षेत्रमा धरातलमा रहेर काम गरेको अनुभवका आधारमा ठूलाभन्दा पनि साना शैक्षिक सुधारका विषयवस्तुलाई समाधान गर्दै अघि बढिरहेको जनाए।

‘प्राविधिक शिक्षा, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, कमाउँदै पढ्दै कार्यक्रममा परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ’, उनले भने, ‘विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि एनओसी, समकक्षतालगायतका विषयलाई सामान्यीकरण गरी प्रविधिमैत्री बनाउनेमा काम गरिरहेको छु।’ उनले थपे, ‘आफ्नो हुर्काइ, बढाइसँग जोड्ने शिक्षण सिकाइ गराउने ऐन ल्याउने कोसिसमा छु। यसैगरी शिक्षा ऐन, उच्च शिक्षाको छाता ऐन र शिक्षकलाई मासिक तलब दिने विषयवस्तु बृहत् प्राथमिकतामा छ। यसैअनुरूप अगाडि बढ्छु।’

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक पनि शिक्षा ऐन अभावका कारण माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई केन्द्रबाटै सञ्चालन गरिने बाध्यता रहेको जनाए। शिक्षा ऐन आठौं संशोधनको दफा ४६ को उपदफा १ मा भने विद्यालयको संरचना परिवर्तन गरी आधारभूत र माध्यमिक तह निर्धारण गरिसकेको छ।

ऐनमा एसईई प्रदेशले कक्षा आठको स्थानीय सरकार र कक्षा १२ को एसएलसी भने परीक्षा बोर्डको अधिकारमा राखेको छ, तर बोर्डका अध्यक्ष शर्माले संघीय शिक्षा ऐनको अभावका कारण बोर्डले परीक्षा गर्नुपर्ने दाबी गरे। ‘संघीय शिक्षा ऐन नभएकाले एसईईबारे नीतिगत रूपमा प्रदेशलाई दिने निर्णय गर्न समस्या आएको हो’, उनले भने, ‘तर हाल एसईईसम्बन्धी परीक्षा सञ्चालन र व्यवस्थापनको धेरै अधिकार क्षेत्रलाई दिएको छ।’ बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयअनुसार ०७९ सालको एसईई परीक्षा चैत्त १७ देखि चैत्त २९ सम्म सञ्चालन गरिने छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने अध्यक्ष शर्माले जन

प्रकाशित: १६ माघ २०७९ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App