१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

खुला आकाशमुनि पढ्दै विद्यार्थी

चौर र भुइँमा बसेर अध्ययनरत सिद्धनाथ आधारभूत विद्यालयका विद्यार्थी।तस्बिर: ललित/नागरिक

कालिकोट जिल्लाको दुर्गम गाउँपालिका पलाँता– २ लार्फमा रहेको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावमा विद्यार्थी खुला चौर र भुइँमा बसेर अध्ययन गर्दै आएका छन्। २०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।

विद्यालयमा पर्याप्त भौतिक संरचना नहुँदा समस्या भएको शिक्षकहरूको भनाइ छ। एक सय ४१ जना विद्यार्थी अध्ययनरत सिद्धनाथ आधारभूत विद्यालयका विद्यार्थी भौतिक संरचना र डेक्स–बेन्च अभावमा खुला चौरमा अध्ययन गर्दै आएका छन्।

गाउँलेले चन्दा उठाएर यो विद्यालय सञ्चालन गरेको बताउँदै प्रधानाध्यापक कृष्ण कामीले भने, ‘अहिले तीनजना शिक्षकका भरमा विद्यालयको खुला आकाशमुनि विद्यार्थी पढ्न बाध्य छन्। सिंहदरबारको अधिकार दुर्गम गाउँमा आएको अनुभूति अहिलेसम्म यहाँका स्थानीयले गर्न नसकेको उनले बताए।

विद्यालयमा पठनपाठन पनि बाहिरै र वार्षिक परीक्षा पनि खुला चौरमा बसेर दिनुपर्दा परीक्षामा लेख्ने बेला ध्यान अन्यत्रै मोडिने समस्या विद्यार्थीले भोग्नुपरेको विद्यालयमा अध्ययनरत छात्र विवेक दमाईले बताए। उनले राज्यले पछाडि पारेका कर्णाली त्यसमाथिको पलाँतामा रहेको सिद्धनाथ आधारभूत विद्यालय र यहाँका दलित समुदायलाई शिक्षाको पहुँचमा पुग्न कठिनाइ भइरहेको बताए।

दुर्गम गाउँ त्यसमा सबै दलित समुदायका विद्यार्थी अध्यनरत विद्यालयको अवस्था दयनीय रहेको स्थानीयले बताए। गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाका अनुसार सबै विद्यालय सुधारको अवस्थामा रहेकाले अहिले पालिकाले विद्यालय सुधार गर्ने बताए। उनले भने, ‘पालिकाबाट उक्त विद्यालयलाई बजेट विनियोजन गर्ने बताएका छन्।’

प्रकाशित: १५ माघ २०७९ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App