१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्रज्ञा कुञ्ज स्कुलले गर्‍यो नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रम

काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको ३ दिने नमुना राष्ट्रसङ्घ छलफल कार्यक्रम एक समारोहको बिच भव्य समुद्घाटन भएको छ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घ विकास परियोजनाका नेपाल स्थित आवासीय प्रतिनिधि आइसानी लेबेले पानसमा बत्ती बाली यस कार्यक्रमको उद्घाटन गरेकी थिए।

उद्घाटन सत्रमा बोल्दै उनले भोलिका कर्णधार आजका विद्यार्थी नै भएको बताउँदै कार्यक्रम सफलताको कामना गरिन्। उनले यस्तो नमुना छलफलले विद्यार्थीहरूको सोच विश्वव्यापी बनाउन सहयोग गर्नुका साथै विश्वको वातावरण, विकास, सामाजिक, आर्थिक, राजनीतिक साथै सङ्कट निरूपण र निराकरणका उपायका बारेमा समेत ज्ञान हासिल गर्नमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्।

'प्रतिनिधि लेबेले आफ्नो विद्यार्थी जीवन र अहिलेका विद्यार्थी जीवनको तुलना गर्नु हुँदै प्रमुख प्राथमिकतामा पर्ने दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न यस्ता कार्यक्रम सहयोगी हुन्छन्।' उनले भनिन्। 

साथै उनले निजी विद्यालयले गर्ने यस्तो कार्यक्रम सामुदायिक तथा सरकारी विद्यालयमा पुर्‍याउनु र सहकार्य गर्न काठमाडौं प्रज्ञा कुञ्ज विद्यालयलाई आग्रह गर्दै यसले सम्पूर्ण राष्ट्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

उद्घाटन सत्रमा सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका सदस्य कपिल देव रेग्मीले प्रज्ञा कुञ्ज विद्यालयले सधैं नै युग सापेक्ष र व्यावहारिक शिक्षा दिने र यसै क्रममा यो तीन दिने कार्यक्रमले विद्यार्थीहरूमा समय सापेक्ष शिक्षा तथा समय अनुकूल ज्ञान, सीप र व्यवहारको विकास हुने बताए। यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा विश्वव्यापी चासो बढाएर आत्मविश्वासका साथ जीवन उपयोगी शिक्षा संवाहन गराउनु रहेको :ग्ल्का विद्यार्थी महासचिव अद्वैत थापाको भनाइ थियो। 

कार्यक्रमको उद्घाटन सत्रमा ६५ वटा देशहरूलाई प्रतिनिधित्व गर्दै ८३ जना विद्यार्थीहरूले वातावरण, मानव अधिकार, स्वास्थ्य, अर्थ तथा वाणिज्य साथै अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विविध विषयमा छलफल गर्नेछन्।

प्रकाशित: २१ पुस २०७९ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App