एकातिर विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले विभिन्न रूपबाट मानिसलाई आक्रमण गर्ने क्रम जारी राखेकाले थप सतर्क हुन आग्रह गरिरहेको थियो । अर्कोतिर ठीक त्यही समयताका नेपालमा भने जारी लकडाउनलाई खुकुलो बनाउने प्रयास भइरहेको थियो । जसमा सरकार र सर्वसाधारण दुवैको मिलेमतो देखियो । मानौँ, अब नेपाल कोरोना भाइरसलाई जित्न सक्षम भएकाले लकडाउन, सतर्कता, क्वारेन्टाइन केही चाहिन्न ।
तर केही विज्ञले त्यसैबेलादेखि लकडाउन खोल्नु हतार हुने बताइरहेका थिए । अर्कोतर्फ सरकारले घोषणा गर्ने लकडाउनका नियम मानिदिनुपर्ने सर्वसाधारणमा पनि बढी नै आत्मविश्वास देखिएको थियो । यही बढी आत्मविश्वास पछिका लागि घातक हुन सक्ने संकेत पनि उनीहरूले दिएका थिए । तर हामीले त्यसलाई बेवास्ता ग¥यौँ । आफैँ जान्ने भएर ‘अब कोरोना गयो, हामीलाई केही गर्न सक्दैन’ भन्दै फुर्ती लगाएर हिँड्न थाल्यौँ । यसो गर्दा हामीले आफूलाई शक्तिशाली र विजेता भएको महसुस ग¥यौँ ।
परिणाम अहिले वीरगन्ज महानगरपालिकामा छताछुल्ल भएको छ । साउनयतामात्र पर्सामा ४ सय ६१ जना कोरोना संक्रमित फेला परेका छन् । १२ जनाको त मृत्यु नै भइसकेको छ । जसले सांसद प्रदीप यादवदेखि वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगी हुँदै अन्य जनप्रतिनिधि र सरकारी अधिकारी हुँदै सुरक्षाकर्मीलाई समेत छाडेको छैन । यो त जानकारीमा आएको तथ्यांकमात्र हो, भुसको आगोझैँ भित्रभित्रै सल्किएको अनुमान गरिएका यस्ता संक्रमित हजारौँको संख्यामा हुन सक्ने देखिन्छ ।
हुन त वीरगन्ज नगरमा पहिलेदेखि नै ५० बेडको अस्थायी कोरोना विशेष अस्पताल नै व्यवस्था गरिएको थियो । केही दिनअघि मात्र १०० बेडको अस्पताललाई पनि कोरोना विशेषको मान्यता दिइएको छ । तर अचम्मचाहिँ यो भयो कि यी अस्पतालको बेड क्षमताभन्दा तेब्बर संक्रमित त पहिचान नै भइसके । यसको मतलव हो– कोरोनामा केन्द्रित भएर उपचार गरिने स्थल पर्याप्त हुन सकेनन् । जसका कारण यसका भाइरसले तीव्र आक्रमण गर्ने वातावरण बन्न सक्यो ।
स्थानीय सरकारले कोरोना सिर्जित समस्या समाधानका लागि पर्याप्त तयारी गरेको घोषणा गरेको थियो । तर त्यो व्यवहारमा भन्दा पनि हल्लामा बढी आधारित थियो भन्ने अहिलेको अवस्थाले पुष्टि गरेको छ । त्यसैगरी भारतबाट आउनेलाई व्यवस्थिततवरले क्वारेन्टाइनमा राख्न नसक्नु कोरोना भाइरस फैलने अर्को कारक बन्यो । सुरक्षाकर्मीहरू कोभिड–१९ रोकथाममा बढी सक्रिय हुनुपरेको मौका छोपेर अवैध नाकाहरूबाट हुने तस्करीले समेत नेपालमा कोरोना भित्र्याउन सघायो । तस्करीका बाहक ड्राइभर÷सहचालक आदिको नेपाली सीमावर्ती गाउँमा बढ्दो उठ्बसका कारण पनि भाइरस निकै फस्टायो । तर स्थानीयले यसको मेसै पाएनन् ।
सरकारले विभिन्न स्थानमा क्वारेन्टाइन त बनायो तर यसलाई सर्वसाधारणले ‘बन्दी गृह’ का रूपमा बुझे । सरकारले यो उपचार केन्द्र हो भन्ने बुझाउनै सकेन । अर्कोतर्फ शौचालय, पिउने÷नुहाउने पानी, उपयुक्त ओछ्यान, पंखा, सेनिटरी प्याड, साबुन जस्ता अत्यावश्यक सामान्य सामग्रीसमेत अभाव हुँदा यहाँ बसेर निस्कनेले बाहिर राम्रो सन्देश पु¥याउन सकेनन् । क्वारेन्टाइनमा जानु र बसेर निस्कनुलाई समाजले अपराधीका रूपमा अथ्र्याउने वातावरणले पनि यस्ता ठाउँ बाध्यतामा बस्ने स्थलका रूपमा चिनिए । र, सक्ने जति सुरक्षाकर्मीको आँखा छलेर भागे पनि । यसरी भागेकाले पनि समुदायमा भाइरस फैलाउन भरपुर सघाए ।
ट्रयाकिङ र टेस्टिङ अर्को समस्याका रूपमा खडा भयो । यस्तो काम पर्याप्त मात्रामा हुन सकेन । क्वारेन्टाइन तथा अस्पतालमा राखिएकालाई भाइरस भए÷नभएको एकीन नै नगरी १४ दिन बिताएका भरमा माला लगाएर बिदाइ गर्ने काम प्रतिस्पर्धाकै रूपमा भयो । यो अवैज्ञानिक शैलीले पनि अन्ततः कोरोना भाइरस फैलन बल पु¥यायो । यी यस्ता कारण हुन् जसले वीरगन्ज महानगरपालिकाले समुदायमा एक घर एक परीक्षण गर्ने भनेर चन्दा उठाइवरी पिसिआर मेसिन खरिद गर्दा पनि असफलतामात्र हात लाग्यो ।
वीरगन्ज र सिंगो पर्सामा अहिले कोरोना भाइरसको प्रभाव जे देखिएको छ त्यो कम आकलन गर्न मिल्नेखालको अवश्य छैन । जिल्लामा नियमितरूपमै निशेधाज्ञा जारी गर्न पर्नुले पनि यसलाई पुष्टि गर्छ । त्यसैले वीरगन्ज महानगरपालिका तथा सिंगो पर्सा प्रशासनले थालेका दर्जनौँ प्रयासका बाबजुद पनि वीरगन्ज महानगर ‘कोरोना हब’ बनेका कारण सबैले मनन गर्नु आवश्यक छ । जुन माथि उल्लेख भइसकेका छन् । र, संघीयमात्र हैन, स्थानीय सरकार हुँदै सर्वसाधारणले समेत वीरगन्ज महानगरबासीको जस्तै अवस्था भोग्न नपरोस् भन्नका लागि माथिका पाठलाई आफ्नो जीवनशैलीको अभिन्न अंग बनाउनै पर्छ । समय घर्केपछि हुने पछुतो कुनै अर्थ हुने छैन ।
प्रकाशित: २२ श्रावण २०७७ ०५:२१ बिहीबार