विश्वभर फैलिएको कोरोना महामारीका कारण अन्य क्षेत्रजस्तै खेल क्षेत्र पनि प्रभावित भयो। दोस्रो विश्वयुद्धपछि पहिलोपटक विश्वका ठूला प्रतिस्पर्धा एकसाथ बन्द हुन बाध्य भए। विश्वभरका ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी, व्यावसायिक खेलका साथै नेपालको पनि ओलम्पिक र विश्वकप फुटबलको छनोट चरण प्रभावित बन्यो।
टोकियोमा आगामी अगस्ट ८ देखि जुलाई २३ सम्म ‘टोकियो ओलम्पिक’ हुँदै थियो, जसमा करिब दुई सय ६ राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीको प्रत्यक्ष सहभागिता रहने पक्का थियो। तर, कोभिड–१९ को संक्रमण बढेसँगै आयोजक राष्ट्र जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले यसलाई एक वर्षपछि (जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि) सार्ने निर्णय गरे। मिति सार्दा आयोजक राष्ट्रले करिब दुईदेखि ६ बिलियन अमेरिकी डलर घाटा बेहोर्नुपर्ने अनुमान गरिएको थियो।
ओलम्पिकसँगै युरोकप फुटबल, अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी–२० क्रिकेट विश्वकप, कोपा अमेरिका लगायत विभिन्न अन्तर्राष्ट्रिय शृंखला र व्यावसायिक लिग पनि प्रभावित भए। महामारीका कारण युरोकप एक वर्षपछि सारिएको छ।
व्यावसायिक रूपमा निकै सफलता प्राप्त गरेका विश्व खेलकुदका फुटबल र क्रिकेट लिग पनि प्रभावित बन्न पुगे। विश्वभर ख्याति कमाएका युरोपका शीर्ष पाँच फुटबल लिग पनि अनिश्चित बन्न पुगे। यद्यपि, इंग्लिस प्रिमियर लिग, जर्मनको बुन्डेस लिगा, स्पेनको ला–लिगा र इटालीको सिरी ‘ए’ले महामारीकै बीच लिग फर्काउने आँट गरे पनि फ्रान्सले लिग–वानको सिजन रद्द गर्ने निर्णय ग-यो। यी लिगका यस सिजन नहुँदा विश्व चर्चित क्लबलाई ठूलो आर्थिक संकट पर्ने भएकाले सरोकारवालाले चुनौती नै मोलेर खेल फर्काएका हुन्। तथापि, खेलाडीको व्यक्तिगत अभ्यास हुँदै सामूहिक अभ्यासबाट उनीहरूले सिजन फर्काउने प्रयास गरे र सफलता पनि हात पारे। यी फुटबल लिगले सफलता पाइरहँदा विश्वका अन्य व्यावसायिक लिग र अन्तर्राष्ट्रिय शृंखलाले पनि त्यसको अनुसरण गरे। यसैबीच, वेस्ट इन्डिजको क्रिकेट टोली शृंखला खेल्न इंग्ल्यान्ड पुगे र सफलतापूर्वक सम्पन्न पनि भयो। विश्व क्रिकेटको सबैभन्दा ठूलो इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिए) को यस सिजन पनि फर्काउने प्रयास भइरहेका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आइपिएल आयोजना गर्ने योजना बनाइरहेको छ र ४० बिलियन भारतीय रुपैयाँ घाटा रोक्न भारत प्रयासरत छ।
कोरोना प्रभाव विश्वभर कम भइरहेको अवस्थामा विश्वका अन्य देशका सम्बन्धित निकायले खेलकुद फर्काउने प्रयास गरे पनि नेपालले त्यसको अनुसरण गर्न सकेको छैन। यो बीचमा देशका केही खेल संघले जेठको अन्ततिर विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षाविधि अपनाएर खेल प्रशिक्षण थालेर उदाहरणीय काम गरेका छन्।
यसरी विश्वका अन्य राष्ट्रजस्तै नेपालले पनि केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका साथै घरेलु प्रतिस्पर्धा गुमाउनुप¥यो। त्यसको प्रत्यक्ष मार नेपाली खेलाडीले आर्थिकसँगै प्राविधिक रूपमा पनि बेहोरे। यो बीचमा नेपालले फिफा विश्वकप छनोट र एसियन कप प्रारम्भिक छनोट चरणजस्ता खेल गुमाउनुप¥यो। गत मार्च र जुनमा नेपाल विश्वकपको छनोट चरणका तीन खेल खेल्ने तयारीमा थियो। तर, विश्व फुटबलको प्रशासकीय निकाय फिफा र एएफसीले महामारीसँगै प्रतिस्पर्धा रद्द गरे। विश्वस्तरीय क्रिकेट स्टार वेस्ट इन्डिजका क्रिस गेल, ड्वान स्मिथ, आयरल्यान्ड केभिन ओब्रायन पहिलोपटक नेपाली खेलकुदमा खेल्ने कार्यक्रम तय थियो। उनीहरू एभरेस्ट प्रिमियर लिग (इपिएल)मा खेल्ने भएपछि नेपाली खेलप्रेमी हौसिएका थिए। यी हस्तीका आगमनले उदाउँदो नेपाली क्रिकेटको विकासमा साथ मिल्ने पक्का थियो। महामारीका कारण नेपाली खेलकुदकै ठूलो व्यावसायिक प्रतिस्पर्धा बन्न लागेको इपिएल रद्द गर्न आयोजक बाध्य बन्यो। साथै, नेपाली क्रिकेटरले आर्थिक लाभ र खेल करिअरमा ठूलो अवसर गुमाउनुप¥यो। यीसँगै फुटबल, भलिबल र अन्य विधामा केही घरेलु प्रतिस्पर्धा पनि रद्द हुन पुगे। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सफलता प्राप्त गरेपछि हौसिएका नेपाली खेलाडीले यो बीचमा प्रशिक्षणबाट वञ्चित हुँदा आफ्नो स्वाभाविक लय पनि गुमाउने पक्का छ।
कोरोना प्रभाव विश्वभर कम भइरहेको अवस्थामा विश्वका अन्य देशका सम्बन्धित निकायले खेलकुद फर्काउने प्रयास गरे पनि नेपालले त्यसको अनुसरण गर्न सकेको छैन। यो बीचमा देशका केही खेल संघले जेठको अन्ततिर विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षाविधि अपनाएर खेल प्रशिक्षण थालेर उदाहरणीय काम गरेका छन्।
गत साता बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न दिने निर्णय गरेसँगै नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणको तयारी गरेको छ। तथापि खेलकुद गतिविधिमा लगाइएको रोक कायमै छ। जसकारण न्यून प्रतियोगिताबाट थोरै भए पनि आर्थिक लाभ प्राप्त गर्नबाट नेपाली खेलाडी वञ्चित छन्।
महामारीपछि शून्य अवस्थामा रहेको नेपाली खेलकुद नीतिगत परिवर्तनका कारण चर्चामा आयो। खेलकुद विकास ऐन–२०४८ खारेज हुँदै असार ११ गते राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ लागू भयो। खेलकुद विकास ऐन–२०२१ लाई प्रतिस्थापन गर्दै तत्कालीन समयमा खेलकुद विकास ऐन– २०४८ (शिक्षा तथा खेलकुद) आएको थियो।
समृद्ध नेपालको परिकल्पना गरेको सरकारले खेल विकासमा पनि जोड दिनुपर्छ। खेलबाट विश्वमा देशको चिनारीसँगै थुप्र्रै अवसर आउँछन्। त्यसैले राज्यले नीतिगत परिवर्तनका साथै खेलकुदको संरचना र लगानीमा ध्यान पु¥याउनुपर्छ। महामारीबाट विश्व ‘न्यू–नर्मल’मा फर्कंदै गर्दा राज्यले खेलकुदलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ।
प्रकाशित: १६ श्रावण २०७७ ०४:५८ शुक्रबार