२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

यतिले बन्द गर्यो दशैंमा काठमाडौंबाट बाहिरिने उडानको अपर क्लास भाडा, फर्कने उडानमा भारी छुट

यति एअरलाइन्सले बडादशैंलाई मध्यनजर गर्दै काठमाडौंबाट विभिन्न जिल्ला जाने उडानको भाडामा माथिल्लो वर्ग (अपर क्लास) को भाडा बन्द गरेको छ ।

दशैंका बेला फर्कने उडान खाली हुने तथा इन्धन खर्च अत्यधिक हुने भए तापनि जाने यात्रुको चापलाई ध्यानमा राखेर यो निर्णय गरिएको कम्पनीले जनाएको छ । फर्कने उडानमा भने न्यून मूल्यमै भाडा उपलब्ध गराइरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार संसारका विभिन्न भागमा भएको युद्धका कारण यस वर्ष हवाई इन्धनको मूल्य प्रतिलिटर रु. १२७ बाट बढेर रु. २४९ पुगेको छ, जुन हालसम्मकै महँगो हो । यही कारण गत वर्षझैं सुलभ दरमा भाडा उपलब्ध गराउन नसकिएकोमा कम्पनीले दुःख व्यक्त गरेको छ ।

यती एअरलाइन्सले बडादशैं २०८३ को अवसरमा सम्पूर्ण यात्रु तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक शुभकामना पनि व्यक्त गरेको छ ।

प्रकाशित: २२ आश्विन २०८३ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App