५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेसँगै घट्यो कारोबार रकम

कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।  

शुक्रबार नेप्से परिसूचक १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.५४ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकममा पनि बिहीबारको तुलनामा २४ करोडले कमी आयो। शुक्रबार ३४४ स्टकको ५९ हजार ८०५ पटकको कारोबारमा ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको १ करोड २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेमा बिहीबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

शुक्रबार सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभल १०४ रुपैयाँ बढेर ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य करिब १४ प्रतिशतले वृद्धि हुँदा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.२६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको २६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो। सोलु हाइड्रोपावरको साढे २४ करोड र रिडी पावर कम्पनीको साढे १८ करोडको कारोबार भयो।  

शुक्रबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढ्यो भने १२ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: ५ भाद्र २०८३ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App