यो हप्ताको सुनको मूल्य तोलामा ८ हजार रुपैयाँ महंगो भएको छ।
हप्ताको पहिलो दिन तोलाको २ लाख ८६ हजारमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन आज २ लाख ९४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार तोलामा २५ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार ६७ सय रुपैयाँ बढेको थियो। बुधबार पनि ७४ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा ३६ सय रुपैयाँ घटेको थियो।
बिहीबारको मूल्यमा आज (शुक्रबार) घटबढ नभइ तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि यो हप्ता बढेको छ। हप्ताको पहिलो दिन तोलाको ४ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।
समग्रमा चाँदीको मूल्य तोलामा ११० रुपैयाँ बढेको छ।
प्रकाशित: २० चैत्र २०८२ १२:४१ शुक्रबार


-600x400.jpg)


